काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भएको नवलपरासी पश्चिमको जिल्ला अधिवेशनबाट अर्जुन पोखरेल जिल्ला सभापतिमा विजयी भएका छन् ।
जिल्ला सभापति पदका लागि भएको मतदानबाट पोखरेल विजयी भएका छन् ।
अर्का उम्मेदवार मोहन शर्मालाई १९५ मतान्तरले हराउँदै पोखरेल सभापतिमा बनेका छन् ।
निर्वाचित पोखरेलले ७५६ र शर्माले ५६१ मत पाएका जनाइएको छ । पोखरेल यसअघि जिल्ला उपसभापति रहेका थिए ।
जिल्ला कार्यसमितिको उपसभापति पदमा विक्रम यादव र अनिल गौड, सचिव पदमा कुलदीप आचार्य र उमेशचन्द्र यादव विजयी तथा सहसचिव पदमा दीपक बराल र सन्तबहादुर गाहा निर्वाचित भएका मतदान अधिकृत दीपक भट्टराईले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।