काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको जिल्ला अधिवेशनबाट दार्चुला जिल्ला सभापति पदमा ललितसिंह बोहरा निर्वाचित भएका छन् ।
कांग्रेसको जिल्ला अधिवेशनमा अमरसिंह धामीलाई दोब्बर बढी अर्थात् ३११ मतान्तरले हराउँदै बोहरा सभापति पदमा निर्वाचित भएका छन् । निर्वाचित बोहरा दोस्रोपटक जिल्ला सभापति बनेका छन् ।
कूल ९५६ मत खसेकोमा बोहराले ६२० मत प्राप्त गरेका छन् भने धामीले ३०९ मत मात्रै पाएका छन् । मतगणनाका क्रममा २७ मत बदर भएको हो ।
उपसभापति पद ललितसिंह ठगुन्ना र महादेव बडू ‘कस्यप’, सचिव पदमा पुलेन्द्रबहादुर कार्की र माधवराज भट्ट विजयी भएका छन् । सहसचिवमा राजु अवस्थी र राजेन्द्रप्रसाद जोशी निर्वाचन भएका जनाइएको छ ।
जिल्ला कार्यसमिति सदस्य पदमा ईन्द्रसिंह डाँगा, कृष्णसिंह बोहरा, तुङ्गध्वजसिंह बोहरा, धनराज जोशी, नरबहादुर बम, मानसिंह धामी, शेरसिंह धामी, नवीन चन्द, बहादुरसिंह खत्री, अमरबहादुर विष्ट, गंगादत्त जोशी र दानी गिरी विजयी भएका जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।