काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत स्याङ्जा जिल्लाको सभापति पदमा राजु थापा निर्वाचित भएका छन् ।
आज शनिबार बिहान सकिएको मतगणनामा थापा १ हजार ११७ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी भागवतप्रकाश मल्लले १ हजार ८५ मत मात्रै पाएका छन् ।
स्याङ्जामा कूल २ हजार २५७ मतदातामध्ये २ हजार २१८ मत खसेको हो । विजयी थापा संविधानसभा सदस्य रहेका थिए भने मल्ल स्याङ्जा जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २(ख) का विजयी सांसद एवं नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशका सचेतक रहेका छन् । दुबै उम्मेदवारले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा प्रतिस्पर्धा गरेका हुन् ।
जिल्ला कार्यसमिति उपसभापति, सचिव, सहसचिव पदमा थापा र मल्ल पक्षबाट १/१ जना विजयी भएका छन् ।
विजयीमध्ये थापा पक्षबाट उपसभापति पदमा केदार काफ्लेले १ हजार ३७० र मल्ल पक्षका शेरबहादुर थापाले ८९३ मत पाएका छन् । सचिव पदमा थापा पक्षबाट गुरुप्रसाद भट्टराई १ हजार २९२ र मल्ल पक्षबाट दामोदर लम्सालले ९३४ मत पाएका छन् भने सहसचिव पदमा थापा पक्षबाट ध्रुवबन्धु पौडेल १ हजार १५८ मत र मल्ल पक्षबाट पृथ्वीप्रसाद पोख्रेलले ९३९ मत पाएका जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।