शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

नेविसंघ महामन्त्री दिपक भट्टराई कांग्रेस केन्द्रीय सदस्यमा उठ्ने

नेविसंघ महामन्त्री दिपक भट्टराई कांग्रेस केन्द्रीय सदस्यमा उठ्ने

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १० २०७८

  • 3.9K
    SHARES

  • नेविसंघ महामन्त्री दिपक भट्टराई कांग्रेस केन्द्रीय सदस्यमा उठ्ने

    काठमाडौं - नेपाल विद्यार्थी संघका महामन्त्री दीपक भट्टराईले नेपाली कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

    भट्टराई हालै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा खुल्लातर्फबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।

    केन्द्रीय प्रतिनिधिमा निर्वाचित भएलगत्तै उनले कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूसँग भेटघाट र सम्पर्क तीव्र पारेका छन् ।

    तनहुँ नेपाली कांग्रेसको नेता उत्पादन गर्ने नर्सरी जस्तै हो । यसअघि तनहुँबाट नेविसंघका पूर्वअध्यक्षद्वय गोविन्द भट्टराई र प्रदीप पौडेल कांग्रेसको केन्द्रीय सदस्य भइसकेका छन् ।

    नेविसंघबाटै कांग्रेसको राजनीतिमा प्रवेश गर्ने तयारी गरेका दीपक भट्टराईले १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिन थालेका हुन् ।

    कांग्रेसमा युवा पुस्तान्तरणको आवश्यकता रहेकाले पनि आफूले केन्द्रीय समितिमा उम्मेदवारी दिन लागेको उनले बताए । केही दिनभित्रै उम्मेदवारी घोषणा गर्ने उनको भनाइ छ ।

    नेपालको विद्यार्थी आन्दोलनमा अग्रपंक्तिमा रहेर सडक संघर्षमा खटिएका भट्टराई त्रिचन्द्र क्याम्पसका पूर्वस्ववियु सभापतिसमेत हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend