शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

पूर्व मन्त्रीलाई हराउँदै यी बने कांग्रेसको जिल्ला सभापति

पूर्व मन्त्रीलाई हराउँदै यी बने कांग्रेसको जिल्ला सभापति

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १० २०७८

  • 7.8K
    SHARES

  • पूर्व मन्त्रीलाई हराउँदै यी बने कांग्रेसको जिल्ला सभापति

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत खोटाङको जिल्ला सभापति पदमा विष्णुकुमार राई विजयी भएका छन् ।

    निर्वाचित राईले पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सर्वधन राईलाई ५९ मतान्तरले पराजित गरेका छन् ।

    सभापति पदको चुनावमा १ हजार ३२२ मत खसेकोमा शुक्रवार सार्वजनिक परिणाम अनुसार विष्णुकुमारले ६६९ मत र सर्वधनले ६१० मत पाएका छन् ।

    राईले तेस्रोपल्ट पार्टीको जिल्ला सभापतिको नेतृत्व सम्हाल्ने अवसर पाएका छन् । जिल्ला अधिवेशनमा राईको सिंगो प्यानल नै निर्वाचित भएको छ ।

    नवनिर्वाचित सभापति राई कांग्रेसका पूर्व सभापति तथा महासमिति सदस्य समेत रहेका छन् । २०३६ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्य बनेर राजनीतिमा प्रवेश गरेका विष्णुकुमार २०६२ र २०६७ सालको अधिवेशनबाट पार्टीको सभापति निर्वाचित भएका थिए ।

    २०४८ साल र २०५२ सालमा कांग्रेस महाधिवेशन प्रतिनिधि बनेका सभापति राई २०७२ सालमा महासमिति सदस्य समेत बनेका थिए । 

    राई प्यानलबाट उपसभापतिमा इवन राईले ७५३ मत र तीर्थराज भट्टराईले ७४२ मत ल्याएर विजयी बनेका छन् । सचिव पदमा समिर राईले ७१३ मत र ज्ञानेन्द्र जोशीले ६२० मत ल्याएर जितेका छन् ।

    सहसचिव पदमा सार्जन राईले ६२४ मत र सालिकराम बञ्जराले ५९३ मत पाएर विजयी भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend