काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट युवाहरू आकर्षित भइरहेको बेला विभिन्न पेशाव्यवसायका व्यक्तिले समेत बाजी मारिरहेका छन् ।
पूर्व शिक्षक, व्यवसायी, पूर्व कर्मचारी लगायतले कांग्रेसमा महत्त्वपूर्ण पद जितिरहेका बेला बाँकेमा चर्चित पत्रकार पोषण केसी क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् ।
बाँकेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा ४७ मतान्तरले केसी विजयी भएका छन् । आज शुक्रवार सम्पन्न मतगणनामा कूल ६०१ मतमध्ये केसीले ३१६ र माधवराम खत्रीले २६९ मत प्राप्त गरेका छन् ।
सचिव पदमा केसी प्यानलबाट खुमबहादुर बस्नेत र खत्री प्यानलबाट जयश्वर पौडेल, सहसचिव पदमा खत्री प्यानलबाट दिपेन्द्र उप्रेती र केसी प्यानलबाट रामबहादुर रावत विजयी भएका छन् ।
क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि चुन्न बिहीवार मतदान भएको हो । ६०५ मतदाता रहेकोमा ४ जना अनुपस्थित भएका थिए । निर्वाचनमा र संस्थापनइतर पक्षका केसी र संस्थापन पक्षबाट खत्रीले उम्मेदवारी दिएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।