आइतवार, कार्तिक २ २०८३Oct 18 2026

Logo
images images

देउवा सरकारको ठूलो उपलब्धि : यूएनबाट नेपाललाई विकासशीलमा स्तरोन्नति गर्ने प्रस्ताव पारित

देउवा सरकारको ठूलो उपलब्धि : यूएनबाट नेपाललाई विकासशीलमा स्तरोन्नति गर्ने प्रस्ताव पारित

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १० २०७८

  • 4.8K
    SHARES

  • देउवा सरकारको ठूलो उपलब्धि : यूएनबाट नेपाललाई विकासशीलमा स्तरोन्नति गर्ने प्रस्ताव पारित

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि संयुक्त राष्ट्रसंघ (यूएन) को महासभाले नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गर्न गरिएको प्रस्ताव पारित गरेको छ ।

    बुधबार बसेको महासभाको ४०औं पूर्ण बैठकले सन् २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नति गर्ने ऐतिहासिक प्रस्ताव सर्वसम्मत पारित गरेको अमेरिकास्थित नेपालको संयुक्त राष्ट्रसंघीय मिसनको कार्यालयले जानकारी दिएको छ ।

    संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले महासभामा बोल्दै नेपालको स्तरोन्नतिका लागि विकास सुधारका लागि विकास साझेदारबाट प्राप्त हुने सहयोगमा बृद्धि तथा सहजीकरणमा आफ्नो पहल रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    संयुक्त राष्ट्रसंघले जारी गरेको वक्तव्यका अनुसार नेपालसहित बंगलादेश र गणतन्त्र लाओसलाई विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि पूर्व तयारीको ५ वर्षे समय दिइएको छ । यसअवधिमा स्तरोन्नतिका लागि योग्य हुनुका साथै कोभिड महामारी पश्चातको पुनः प्राप्तिसँगै आर्थिक विकासका लागि आफ्ना रणनीतिक योजना र नीतिहरु लागु गरेर विकासको बाटोमा लम्कन सघाउ पुर्‍याउने अपेक्षा यूएनले गरेको छ ।

    विकासशील मुलुकमा स्तरोन्नति हुने अवधि सन् २०२६ को डिसेम्बरसम्म नेपालले अति कम विकसित मुलुकको हैसियतमा प्राप्त सबै प्रकारका सहुलियत, सुविधा तथा अन्तर्राष्ट्रिय सहयोग प्राप्त गरिरहने भएको छ ।

    नेपाललाई अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्नका लागि संयुक्त राष्ट्रसंघको आर्थिक र सामाजिक परिषद्ले गत असारमा स्वीकृति प्रदान गरेको थियो । नेपालले स्तरोन्नतिका लागि आवश्यक मापदण्ड सन् २०१५ र २०१८ मा पूूरा गरिसकेको थियो ।

    कूल गार्हस्थ्य उत्पादनका आधारमा प्रतिव्यक्ति आय, मानवीय सम्पत्तिको सूचक र वातावरणीय जोखिमको सूचकमध्ये २ वटा मापदण्ड नेपालले पूूरा गरेपछि स्तरोन्नतिको सूचीमा नेपाल माथि उक्लेको थियो ।

    स्तरोन्नति भएपछिको संक्रमणकालीन अवस्थालाई सन्तुलन गर्न ३ वर्षको समय दिने चलन छ । तर कोभिड महामारी लगायतका समस्या थपिएका कारण नेपाल सरकारले गरेको आग्रह स्वीकार गर्दै २ वर्ष थप गरेर ५ वर्षको समय नेपालका लागि समयरेखा तोकिएको छ । जसअनुसार नेपालले सन् २०२६ भित्र आफ्नो अवस्था सुधार गर्नुपर्ने हुन्छ ।

    संयुक्त राष्ट्रसंघका अनुसार कुनै पनि मुलुकले विकासशील राष्ट्रमा स्तरोन्नति गर्न प्रतिव्यक्ति आय १ हजार २२२ अमेरिकी डलर हुनुपर्ने जनाएको छ । हाल नेपालीको प्रतिव्यक्ति आय १ हजार १९१ अमेरिकी डलर रहेको छ । आजको गोरखापत्रमा दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend