शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

मधेशी समुदायका युवा नेता अशोकले हिमाली जिल्लामा गरे कमाल, कांग्रेसमा चौतर्फी चर्चा

मधेशी समुदायका युवा नेता अशोकले हिमाली जिल्लामा गरे कमाल, कांग्रेसमा चौतर्फी चर्चा

  • मिडिया डबली
  • बिहिवार, मंसिर ९ २०७८

  • 3.6K
    SHARES

  • मधेशी समुदायका युवा नेता अशोकले हिमाली जिल्लामा गरे कमाल, कांग्रेसमा चौतर्फी चर्चा

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसमा गुटगत प्रतिशोधका कारण आमन्त्रित केन्द्रीय सदस्यदेखि वर्तमान जिल्ला सभापतिसम्म महाधिवेशन प्रतिनिधिमा पराजित भइरहेका छन् तर हिमाली जिल्ला सोलुखुम्बुमा मधेसी मूलका अशोक झाले महाधिवेशन प्रतिनिधिमा जितेका छन् ।

    हिमाली जिल्लाबाट कांग्रेस महाधिवेशन प्रतिनिधि चुनिने मधेशी समुदायका अशोक एक्लो रहेका छन् ।

    उनी अल्पसंख्यक तर्फबाट कान्छीराज थुलुङलाई हराउँदै महाधिवेशन प्रतिनिधि बनेका छन् । अशोकको परिवार २०३८ सालतिर सप्तरीको छिन्नामस्ता गाउँपालिकाबाट सोलुखुम्बु आएको हो । अशोकका बुवा शिक्षक पेशाका कारण सोलुखुम्बुमा बसेका थिए । हाल अशोकको घर सोलुखुम्बु र सप्तरी जिल्लामा दुवै ठाउँमा रहेको छ ।

    नेपाल शिक्षक संघ सोलुखुम्बुमा अशोकका बुवा २ कार्यकाल अध्यक्ष बनेका थिए । अशोक पनि कांग्रेस राजनीतिमा लागेर उदाएका छन् । १५ वर्षअघि कांग्रेसको क्रियाशील सदस्य भएका उनी १३औं महाधिवेशनमा समेत महाधिवेशन प्रतिनिधि बनेका थिए ।

    सोलुखुम्बु जिल्लामै एक मात्र झा परिवार भए पनि कांग्रेस राजनीतिमा अशोकलाई पछाडि फर्किनुपरेको छैन । नेपाल तरुण दल सोलुखुम्बुको क्षेत्रीय सदस्यबाट उनी जिल्ला उपाध्यक्ष हुँदै जिल्ला सभापतिसम्म बन्न सफल भइसकेका छन् । उनी हाल पनि तरुण दल सोलुखुम्बुको अध्यक्ष रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend