काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा यस पटक युवा पुस्ताको वर्चस्व स्थापित हुने संकेत देखिएको छ ।
७७ वटै जिल्लामा २०–३० वर्षका युवा पुस्ताले महाधिवेशन प्रतिनिधिमा बाजी मार्दै गएका छन् ।
कांग्रेसलाई वृद्ध पार्टी भनेर प्रचार गरिए पनि अहिले युवा पुस्ताको मोह कांग्रेसमा देखिँदै गएको छ । प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको प्रारम्भिक नतिजा विश्लेषण गर्दा झण्डै ४० प्रतिशत युवा प्रतिनिधि १४औं महाधिवेशनमा आउने स्थिति देखापरेको छ ।
यसैक्रममा इलाम क्षेत्र नम्बर १ बाट भ्रष्टाचार विरोधी अभियान्ता दुर्गा सुवेदी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । खसआर्य समूहबाट उम्मेदवारी दिएका सुवेदी १९२ मत प्राप्त गरेर प्रतिनिधिमा निर्वाचित भएका हुन् ।
२६ वर्षको उमेरमा केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेर उनले इलाममा ंंइतिहास बनाएका छन् । सामाजिक काम गरेको, भ्रष्टाचार विरोधी अभियान्ता, जिल्लामा कम्युनिस्टको ज्यादतीसँग भिड्दा पटक–पटक हिरासत बसेकाले पनि सुवेदी आमकांग्रेसीमा लोकप्रिय छन् ।
उनले आफ्नो जीतले कांग्रेसमा पुस्तान्तरण अनिवार्य रहेको बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।