काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी रहेको सर्लाही जिल्लामा पर्सि शुक्रवार वडा अधिवेशन हुने भएको छ ।
पार्टीका पूर्व सभापति लक्ष्मण रायले शुक्रवारबाट जिल्लामा पार्टीको वडा अधिवेशन सुरू हुने भएको छ ।
सर्लाही जिल्लामा संस्थापन र संस्थापनइतर पक्षको लामो समयसम्म क्रियाशील सदस्यता वितरण र नवीकरण र संगठन समायोजनमा कुरा नमिल्दा अधिवेशन हुन सकेको थिएन । सदस्यता विवादका कारण संस्थापनइतर पक्षका नेता तथा कार्यकर्ताहरू मर्कामा परेको भन्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेका थिए ।
क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गरेर निर्वाचन अधिकृत खटाइए पनि पहिलोपटक खटाइएको निर्वाचन अधिकृत विनोदकुमार कार्की संस्थापन पक्षको दबाबमा अधिवेशन प्रक्रिया सुरू गर्न नसकेर राजीनामा दिएर फिर्ता भएका थिए । त्यसपछि गएका दिवाकरराज पाण्डे पनि काम गर्न नदिइएपछि फिर्ता भएका थिए ।
केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरे र यज्ञराज पोखरेलको रोहवरमा त्रिपक्षीय सहमति भएपश्चात् नयाँ निर्वाचन अधिकृत खटाइएको छ । पूर्व जिल्ला सभापति रायका अनुसार भरत राउतले अब सर्लाही जिल्लाको अधिवेशन गराउने भएका छन् ।
नयाँ सहमति अनुसार सभापति नागेन्द्र कुमारले एकलौटी रुपमा २०० वडामा खटाएका बुथ अधिकृतलाई फिर्ता बोलाएर शुभेच्छुक संस्था नेपाल शिक्षक संघले दिएको २२० जना शिक्षकलाई बुथ अधिकृत खटाइने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।