शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेसका यी नेताहरूले देखाए आ–आफ्नो जिल्लामा पावर, को कहाँ बलियो ?

कांग्रेसका यी नेताहरूले देखाए आ–आफ्नो जिल्लामा पावर, को कहाँ बलियो ?

  • मिडिया डबली
  • मंगलवार, मंसिर ७ २०७८

  • 7.8K
    SHARES

  • कांग्रेसका यी नेताहरूले देखाए आ–आफ्नो जिल्लामा पावर, को कहाँ बलियो ?

    काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशनको परिणाम आउने क्रम जारी छ । प्रारम्भिक संकेतबाट धेरै उथलपुथलका समाचार आइरहेका छन् । 

    मन्त्री, पूर्वमन्त्री, सांसद, पूर्वसांसद, नेविसंघका पदाधिकारीलगायत महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् । केन्द्रमा नेताहरूको शक्ति देखाएर राजनीति गर्ने मुहानमै थुनिएका छन् । कांग्रेस केन्द्रीय कमिटीमा रहेका नेताहरूले भने आफ्नो जिल्लामा पकड बलियो बनाएका छन् ।

    यसरी पकड जमाउन सक्ने नेतामा महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री डा.प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, गगन थापा, एनपी साउद, प्रदीप पौडेल, मिनकृष्ण महर्जन, उदयशमशेर राणालगायत छन् ।

    खड्काले सुर्खेतमा आफ्नो प्रभाव कायमै राखेका छन् । यस्तै, पूर्वमहामन्त्री सिटौला र पार्टी प्रवक्ता शर्माको झापामा वर्चस्व कायमै देखिएको छ । कांग्रेस युवा नेता थापाले काठमाडौंमा आफूपक्षीय ९० प्रतिशत प्रतिनिधि ल्याउन सफल भएका छन् । थापाले १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । 

    सहमहामन्त्री डा.महतले गृहजिल्ला नुवाकोटमा वडा र पालिका तहको अधिवेशनमा आफ्नो पक्ष हाबी गराउन सफल भएका छन् । नुवाकोटमा अर्जुननरसिंह केसी र महत समूह गरी कांग्रेसका दुई प्यानल बन्दै आएका छन् । तनहुँमा रामचन्द्र पौडेलभन्दा प्रदीप पौडेल, शंकर भण्डारी बलिया देखिएका छन् । कास्कीमा भने रामचन्द्र पौडेल समूह बलियो देखिएको छ । समग्र गण्डकी प्रदेशमा वडा, पालिका र महाधिवेशन प्रतिनिधि बढी पौडेल समूहका विजयी भएका छन् ।

    सबैभन्दा कडा प्रतिस्पर्धा भने कञ्चनपुरमा भएको छ । कञ्चनपुरका नेता एनपी साउद र रमेश लेखक दुवै पार्टी सभापति पक्षका हुन् । तर, वडा, पालिका र महाधिवेशन प्रतिनिधि चयन गरी ल्याउने विषयमा नेता साउदले बाजी मारेका छन् । लेखक समूह नराम्ररी पराजित भएको छ । नेता साउदको लोकप्रियताको अगाडि लेखकको केही सीप चलेन । त्यसकै रिस फेर्न लेखकले बैतडीमा संस्थापन पक्षलाई हराउन खोजेको चर्चा छ ।

    यस्तै, ललितपुरमा तरुण नेता मिनकृष्ण महर्जन र पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणाको बोलवाला देखिएको छ । प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा महर्जन र राणाले सभापति मदन अमात्य पक्षलाई नराम्ररी पराजित गराएको छ । जबकि राणा र अमात्य पहिले एकै खेमाका थिए । महर्जन मंसिर १० गते हुने जिल्ला अधिवेशनमा सभापति उठ्ने भएका छन् । वडा, पालिका, प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको परिणामले महर्जन सभापतिको बलियो प्रत्यासी हुन् भन्ने पुष्टि गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend