शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

वेश्यावृत्तिमा संलग्न क्रसर व्यवसायी यादव कांग्रेसको प्रदेश सभापतिको दाबेदार !

वेश्यावृत्तिमा संलग्न क्रसर व्यवसायी यादव कांग्रेसको प्रदेश सभापतिको दाबेदार !

  • मिडिया डबली
  • मंगलवार, मंसिर ७ २०७८

  • 21.0K
    SHARES

  • वेश्यावृत्तिमा संलग्न क्रसर व्यवसायी यादव कांग्रेसको प्रदेश सभापतिको दाबेदार !

    वेश्यावृत्तिपछी 'बागमति नदी'को बलात्कार !

    काठमाडौं – वेश्यावृत्तिमा संलग्न रौतहटका क्रसर व्यवसायी कृष्णा यादव नेपाली कांग्रेसको प्रदेश–२ को सभापतिको दावेदार वनेका छन् । उनीसँगै प्रदेश सभापतिमा ३ जनाका दावेदारी देखिएको छ।

    प्रदेश–२ का भौतिक पूर्वाधार मन्त्री एवं कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, कांग्रेस जिल्ला सभापतिहरू सप्तरीका दिनेश यादव, महोत्तरीका महेन्द्रकुमार यादवले पनि प्रदेश सभापतिमा उठ्ने इच्छा देखाएका छन्।

    प्रदेश सभापतिका सवै आकांक्षी कांग्रेस उपसभापति विमलेन्द्र निधि निकट मानिन्छन्। उनिहरुसँग जिल्ला हाँकेको अनुभव छ। 

    रामसरोज यादव कांग्रेस धनुषाका पूर्व सभापति हुन्। उनी संविधानसभाका सभासद् समेत रहिसकेका छन् । 

    महोत्तरीका महेन्द्रकुमार यादव चार पटक जिल्ला सभापति भइसकेका छन्। उनले कांग्रेस नेता सरोज कोइरालाको हातबाट भारतको मधुवनीमा २०२९ सालमा कांग्रेसको सदस्यता लिएका थिए । २०५६ सालमा महोत्तरी–४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित उनी त्यतिबेला उद्योग, वाणिज्य तथा आपूर्ति सहायक मन्त्री बनेका थिए।

    ०४२ सालबाट नेपाली कांग्रेसमा लागेका कृष्णा यादव दुई पटक जिल्ला सभापति भइसकेका छन्। ०७५ फागुनमा दोस्रो पटक रौतहट कांग्रेसको जिल्ला सभापति निर्वाचित भएका उनले निकटतम प्रतिद्धन्दी मोहम्मद महताब आलमलाई ५ मतले पराजित गरेका थिए ।

    १२औं जिल्ला अधिवेशनमा पनि सभापतिमा निर्वाचित भएका यादवले मोहम्द महताब आलमलाई नै २ मतको झिनो अन्तरले पराजित गरेका थिए ।

    हाल, प्रदेश सभापतिमा दावेदारी प्रस्तुत गरेका यादवको विगत र वर्तमान भने विवादित छ। उनले राजनीतिमा परिवारवाद लादेको आरोप खेपिरहेका छन् । जिल्ला सभापति भएका कारण उनले स्थानीय, प्रदेश र संघीय निर्वाचनमा काका, साला र सम्धीलाई अंश जसरी टिकट वाँडेको आरोप छ।

    उनले कम्युनिस्ट (एमाले) पृष्ठभुमीका काका श्याम यादवलाई स्थानीय तह निर्वाचनमा गढिमाई नगरपालिकाको टिकट दिएर मेयर वनाए । यसैगरी, सालो सुनिल यादवलाई गरुडा नगरपालिकाको मेयर र सम्धी रामनारायण यादवलाई रौतहट क्षेत्र नं. ३ वाट सांसदको टिकट दिलाएका थिए । तर, सालो र सम्धीले भने चुनाव जित्न सकेनन् । ०६४ मा संविधानसभा सदस्य भएका उनी स्वयम् पनि दुई पटक चुनाव लडेका छन् ।

     वेस्यावृत्तिवाट छुटेर बाग्मतीको वलात्कार 

    संविधान सभा सदस्य हुँदा उनी वेस्यावृत्तिमा संलग्न भएको आरोपमा रङ्गेहात पक्राउ परेको चर्चा चलेको थियो । प्रहरीको हात लागि सकेका यादव सभाषद भएको खुलेपछि विनासर्त छुटेको र पद तथा पैसाको वेलमा उक्त घट्ना पनि ढिसमिस पारेको उनी निकट श्रोतले नै जनाएको छ।

    सोही घट्नासँग जोडेर अहिले पनि उनलाई ब्यंग्य गर्ने गरिएको छ। वेस्यावृत्तिमा वानि परेका उनी अहिले वाग्मतीको वलात्कारमा लागेको स्थानीयहरु वताउँछन् । गढिमाई नगरपालिकाका मेयर तथा काका श्याम यादवसँग मिलेर उनले वाग्मती किनारमा क्रसर उद्योग सञ्चालन गरेपछि ‘वाग्मती वलात्कार’ गरेको आरोप लाग्न थालेको हो । अहिले नगरपालिकाकै संरक्षणमा उनको क्रसर अवैद्य रुपमा सञ्चालन भईरहेको स्रोतको दावी छ।

    क्रसर मार्फत अवैद्य रुपमा खोला उत्खनन र निकासीका कारण जनजीवन र वातावरणमा प्रतिकूल प्रभाव पर्दा समेत नगरपालिकाले वेवास्ता गरेको स्थानीयवासी वताउँछन् ।

    क्रसरका कारण पानीको स्रोत सुकेको छ । खाने पानीको समेत हाहाकार भएको स्थानीय वताउँछन् । आवश्यक समयमा खेती गर्ने पानीको समेत अभाव हुने र वर्षामा वाढिका कारण हजारौं हेक्टर खेतीयोग्य जमिन वाढिले पुर्ने गरेको उनीहरुको भनाई छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend