काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भोजपुरमा भएको अधिवेशनबाट जिल्ला सभापति पदमा विनोद वान्तवा विजयी भएका छन् ।
जिल्ला सभापति पदमा प्रतिस्पर्धा गरेका ३ जनामध्ये पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा जाने अवस्था आएको थियो ।
तर पहिलो चरणको चुनावमा पहिलो बनेका वान्तवालाई दोस्रो बनेका नन्दमणि राईले समर्थन गरेपछि दोस्रो चरणको निर्वाचन भएन ।
वान्तवाले पहिलो चरणमा ४१५ मत ल्याउँदा राईले ३९४ मत ल्याएका हुन् । तेस्रो भएका बालकृष्ण थापाले २६० मत ल्याएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।