काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सोमबार भएको ललितपुर जिल्ला क्षेत्र नम्बर १ को अधिवेशनमा सुन्दरमान थिङ क्षेत्रीय सभापति निर्वाचितमा विजयी भएका छन् ।
अधिवेशनमा भएको चुनावबाट थिङ ललितपुर क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् ।
चुनावमा थिङले ३५२ मत पाएका छन् भने निकटतम प्रतिस्पर्धी रामकृष्ण लामाले २४६ मत पाएका छन् ।
निर्वाचन क्षेत्र नम्बर ३ को सचिवमा मथुराप्रसाद शर्मा र शेखर न्यौपाने निर्वाचित भएका छन् । शर्माले ४१७ मत र न्यौपानेले ३९० मत ल्याएका छन् ।
सचिव पदका अर्का प्रतिस्पर्धी राजकुमार चौलागाईंले १९९ र कृष्णकुमार थापाले १५९ मत मात्रै पाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।