काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सोमबार भएको महाधिवेशन प्रतिनिधिको चुनावमा पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव नै पराजित भएका छन् ।
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल महाधिवेशन प्रतिनिधिका लागि भएको चुनावमा पराजित भएका हुन् ।
काठमाडौं जिल्लाको क्षेत्र नम्बर ७ बाट खसआर्य पुरुषतर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका मुख्यसचिव पौडेल पराजित भएका छन् । चुनावमा पौडेलले ८३ मत मात्रै ल्याउन सके ।
क्षेत्र नम्बर ७ बाट खसआर्य पुरुषतर्फ दक्ष पौडेल, रामशरण थपलिया र नगेन्द्रध्वज कार्कीले जितेका जनाइएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाल क्षेत्रीय सभापति पदमा विजयी भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।