शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

यी मन्त्रीले गरे कांग्रेसको प्रदेश सभापति पदमा उम्मेदवारी घोषणा, पार्टीलाई यत्रो दान !

यी मन्त्रीले गरे कांग्रेसको प्रदेश सभापति पदमा उम्मेदवारी घोषणा, पार्टीलाई यत्रो दान !

  • मिडिया डबली
  • सोमवार, मंसिर ६ २०७८

  • 3.4K
    SHARES

  • यी मन्त्रीले गरे कांग्रेसको प्रदेश सभापति पदमा उम्मेदवारी घोषणा, पार्टीलाई यत्रो दान !

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सोमबार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदैछन् । अब जिल्ला अधिवेशन हुँदै प्रदेश अधिवेशन र महाधिवेशन हुनेछ ।

    प्रदेश अधिवेशनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसबाट २ नम्बर प्रदेशसभा संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले प्रदेश सभापतिमा उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

    जनकपुरधामको सरकारी निवासमा पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरे । पटक–पटक धनुषामा जिल्ला सभापति रहिसकेका मन्त्री यादव विगत २९ वर्षदेखि पार्टीमा सक्रिय रहेका छन् ।

    हालसम्म भएका विभिन्न आन्दोलनमा ६ पटक गरी करीब ४ वर्ष जेल जीवन बिताइसकेको बताउँदै यादवले भने, ‘जतिबेला २ जनालाई सक्रिय सदस्य बनाउनु सगरमाथा चढ्नुभन्दा ठूलो थियो, त्यतिबेला पनि संगठन निर्माण गरेको छु । त्यसैले म विश्वास दिलाउन चाहन्छु, प्रदेश सभापति बनेपछि कांग्रेसलाई पहिलो पार्टी बनाउँछु ।’ 
    प्रदेश सभापति बनेपछि जनकपुरधाममा रहेको करीब ६ कठ्ठा जग्गामा प्रदेश पार्टी कार्यालयको भवन बनाउने घोषणा समेत उनले गरेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend