ओखलढुंगा – युवा नेता हुकुम राईले नेपाली कांग्रेस ओखलढुंगाको जिल्ला कार्यसमिति सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
१४औं अधिवेशनमा ओखलढुंगा कांग्रेसको जिल्ला सदस्यमा उम्मेदवारी घोषणा गरेको राईले बताए । उनले आफूलाई मतदान गर्न अनुरोध गरेका छन् । उनी जनजातितर्फ जिल्ला सदस्य पदका उम्मेदवार हुन् ।
‘मेरो आत्माले भन्छ र सत्य पनि त्यही हो ओखलढुंगामा कांग्रेस चुनावमा पराजय हुनुमा लोकतान्त्रिक पद्धतिलाई मन नपरेर कम्युनिस्ट शासनलाई मन परेको हुँदै होइन,’ उनले भने ।
‘मलाई अझैसम्म विश्वास छ – ओखलढुंगामा लोकतन्त्र प्रेमीको संख्या बाहुल्य छ,’ राईले भने, ‘त्यसैले कांग्रेसको जीत सुनिश्चित छ ।’
उनले भने, ‘हरेक कांग्रेसले त्यो विभिन्न पात्रहरूबाट विभिन्न समयमा र परिस्थितिमा भएको हरेक गल्तीहरूलाई स्विकारेर, केलाएर सच्चाउन जरुरी छ ।’
‘सिएर हुन्छ कि टालेर हुन्छ जे जसरी हुन्छ त्यसरी नै मिलाएर कांग्रेस ओखलढुंगाको संगठन दुरुस्त पार्नुपर्ने छ,’ उनले भने, ‘त्यो संगठनको एक सच्चा सिपाही भएर काम गर्ने ठूलो रहर छ । त्यसैले १४औं महाधिवेशनमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्यको उम्मेदवारी घोषणा गरेको छु ।’
‘तपाईंहरूलाई लाग्दो हो । यो फुच्चे कसरी उम्मेदवार भयो । त्यसैले मैले भन्न आवश्यक ठानें,’ उनले भने, ‘म १३औं अधिवेशनदेखि बुथ प्रतिनिधि छु ।’
उनले भने, ‘२०७० सालको संविधान सभाको निर्वाचन र २०७४ सालको आमनिर्वाचनमा शुरूदेखि अन्तिमसम्म उम्मेदवार लागयत सम्पूर्ण प्रचार टीमसँगै प्रचारप्रसारमा थिएँ ।’
‘संविधानसभा सदस्य रामहरि खतिवडाको स्वकीय सचिव भएर अहिलेसम्म पनि उहाँकै सचिवालय हेर्दैछु,’ उनले भनेका छन्, ‘मलाई पूरा आशा छ तपाईंहरूले आफ्नो अमूल्य मत दिएर त्यो मौका तपाईंहरूले मलाई दिनु हुनेछ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।