शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कांग्रेसको चुनावपछि जब यी २१ वर्षीया महिलाको भाग्य खुल्यो ! 

कांग्रेसको चुनावपछि जब यी २१ वर्षीया महिलाको भाग्य खुल्यो ! 

  • मिडिया डबली
  • सोमवार, मंसिर ६ २०७८

  • 6.1K
    SHARES

  • कांग्रेसको चुनावपछि जब यी २१ वर्षीया महिलाको भाग्य खुल्यो ! 

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनका क्रममा स्थानीय स्तरमा भइरहेका अधिवेशनमा युवाहरूको सहभागिता उत्साहजनक देखिएको छ ।

    जसको पछिल्लो उदाहरण बनेकी छन् सोलुखुम्बु जिल्लाकी २१ वर्षीया पूजा फुयाल । उनी २१ वर्षको उमेरमै महाधिवेशन प्रतिनिधि निर्वाचित भएर केन्द्रीय राजनीतिमा पुगेकी छन् ।

    शनिवार सोलुखुम्बुमा भएको क्षेत्रीय अधिवेशनमा खसआर्य महिला तर्फबाट उनी महाधिवेशन प्रतिनिधि बनेकी छन् । महाधिवेशन प्रतिनिधिका लागि भएको मतदानमा टंकीमाया बस्नेत र पूजाले बराबर ४०३ मत आएको थियो तर पूजाको भाग्य पनि खुल्यो ।
    बराबर मत आएका यी दुवै उम्मेदवारबीच गरिएको गोलाप्रथामा पूजाको भाग्य खुल्यो र पूजा गोलाप्रथाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी हुन् ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नयाँ पालुवा पलाउँदैछ कांग्रेसमा ! बढ्दो युवा लहर र जागरणको एक प्रतिनिधि अनुहार २१ वर्षीया पुजा फुयाल ! सोलुखुम्बुबाट महाधिवेशन प्रतिनिधिमा विजयी उत्साही पूजालाई धेरै बधाई छ ! जय नेपाल !’

    पूजा सोलुखुम्बु जिल्लाको नेचा–सल्यान गाउँपालिकाबाट कांग्रेसकी कान्छी क्षेत्रीय प्रतिनिधि बनेकी थिइन् । फुयाल हालसम्म निर्वाचित भएकामध्ये कान्छी महाधिवेशन प्रतिनिधि रहेकी कांग्रेसले जनाएको छ ।

    puja.jpg

    पूजा सानैदेखि विद्यार्थी राजनीतिमा समेत सक्रिय रहेकी थिइन् । पूजा हाल भक्तपुरस्थित सानोठिमी क्याम्पसकी स्ववियू सदस्य समेत हुन् । पूजाले कांग्रेसको महाधिवेशन प्रतिनिधि जितेकोमा खुसी रहेको बताएकी छन् ।

    कांग्रेसलाई बूढापाकाको पार्टी भन्ने गरिएपनि अब बिस्तारै युवाको पार्टी बनाउने बताइन् । पूजाको जीतले युवाको भविष्य कांग्रेसमै रहेको सन्देश दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend