काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडी जिल्लामा भएको प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनमा जिल्ला समन्वय समिति बैतडीका प्रमुख शिवराज भट्टले लज्जास्पद हार व्यहोरेका छन् ।
बैतडी जिल्लाको प्रदेशसभा क्षेत्र नम्बर १ को अधिवेशनमा प्रमुख भट्ट प्रदेश प्रतिनिधिको उम्मेदवार बनेपनि चुनाव जित्न सकेनन् । खुलातर्फ प्रदेश प्रतिनिधिमा १० सिट थियो तर प्रमुख भट्ट १० जनाभित्र पनि गर्न सकेनन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिसस प्रमुख बनाएको गुन बिर्सिएर गैरदेउवा प्यानल अर्थात् चतुरबहादुर चन्दको प्यानलबाट चुनाव लड्दा भट्टले हार व्यहोर्नुपरेको विश्लेषण बैतडीमा भइरहेको छ । देउवाले नै भट्टलाई जिसस प्रमुख बनाएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।