काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत अछाम जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र २(क) क्षेत्रीय कार्यसमितिको सभापति पदमा ताराप्रसाद खनालको सानदार जीत भएको छ ।
प्रदेशसभा २(क) को अधिवेशनमा खनालले निकटतम प्रतिस्पर्धीलाई दोब्बर मतले हराएका छन् ।
मतगणनाको परिणामअनुसार खनालको प्यानल विजयी भएको छ । खनालले २४४ मत ल्याउँदा निकटम प्रतिद्वन्दी कर्णबहादुर बुढाले १२४ मत मात्रै ल्याएका छन् ।
उपसभापति पदमा खडकबहादुर विष्ट र कर्ण बयक भुनिएका छन् । विजयी विष्टले २३७ र बयकले २३७ मत पाएका छन् । उपसभापति पदका प्रतिस्पर्धी जगत कुटमाल १२६ र मीनबहादुर रावल ९३ मत ल्याएर पराजित भएका छन् ।
क्षेत्रीय सचिव पदमा खनाल प्यानलका दिपक न्यौपानेले २२४ र केशवराज तिमिल्सिनाले २४२ मत ल्याएर विजयी भएका छन् भने बुढा प्यानलबाट सचिव पदका उम्मेदवार बमबहादुर बिष्टले ९७ र नवराज देवकोटाले १३४ मत ल्याएर हार व्यहोर्नुपरेको छ ।
सहसचिव पदमा ४ जना उम्मेदवारमध्ये प्रेमबहादुर शाहीले सबैभन्दा बढी २४६ मत ल्याएका छन् भने सहसचिव पदकै उम्मेदवार कृष्णभक्त जैसीले ७९, जीवन बुढाले ११५ र प्रकाश विकले २३५ मत पाएका छन् ।
चुनावमा प्रदेश अधिवेशन प्रतिनिधि र प्रदेशसभा सदस्य पदमा समेत अधिकांश खनाल प्यानलकै उम्मेदवार विजयी भएका जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।