शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कांग्रेसका यी मनकारी नेता, दुःख परेका बेला सम्झिँदा तुरुन्तै सहायता !

कांग्रेसका यी मनकारी नेता, दुःख परेका बेला सम्झिँदा तुरुन्तै सहायता !

  • मिडिया डबली
  • आइतवार, मंसिर ५ २०७८

  • 5.9K
    SHARES

  • कांग्रेसका यी मनकारी नेता, दुःख परेका बेला सम्झिँदा तुरुन्तै सहायता !

    काठमाडौं – नेपाली कांग्रेसमा लगातार ३ पटकसम्म महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य भइसकेका गोरखाको १ नम्बर निर्वाचन क्षेत्रका नेता राजेन्द्र बजगाईं समाजसेवाका लागि पनि उत्तिकै लोकप्रिय छन् ।

    पर्यटन व्यवसाय सँगसँगै राजेन्द्र समाजसेवा र राजनीतिमा सक्रिय छन् ।

    गोरखा जिल्लाको भीमसेन गाउँपालिकाको मसेलमा जन्मिएर व्यवसाय, राजनीति र समाजसेवा गरिरहेका राजेन्द्रलाई आपतमा सम्झिनेले तुरुन्तै सहायता पाउँछन् । उनी आफूले सक्ने सहयोग गर्न हच्किँदैनन्, बरु जुनसुकै बेला पनि सहयोगका लागि तम्तयार भएर बसेका हुन्छन् ।

    बिरामी परेर अचेत भएका, दुर्घटनामा परेर बेहोस भएका, सुत्केरी व्यथाले चिच्याइरहेका व्यक्तिलाई आर्थिक सहयोगले छिटो उद्धारका लागि हेलिकप्टरको बन्दोबस्त मिलाउनसम्म राजेन्द्रले सहयोग गर्छन् । 

    हिजो शनिबार राजेन्द्रले एउटा घटनामा यस्तै सहयोग गरेका छन् । गोरखा जिल्लाको आरुघाट गाउँपालिका–१ का ४० वर्षीय लाटा गुरुङ घरनजिकै घाँस काट्न रुखमा चढेका बेला अव्यवस्थित रूपमा टाँगिएको तारबाट करेन्ट लागेर घाइते भए । उनी ढलेको कुरा गाउँमा चर्चा हुँदै राजेन्द्रको कानसम्म पुग्यो । 

    राजेन्द्रले तुरुन्तै उद्धार गर्न हेलिकप्टरसँग समन्वय गरे तर करेन्टबाट घाइते बनेका गुरुङको उद्धार सम्भव भयो । आपतविपतमा परेकाहरूलाई सहयोग गर्न पाउँदा खुसी लाग्ने गरेको राजेन्द्रले मिडिया डबलीलाई बताएका छन् ।

    राजेन्द्रको समन्वयमा गुरुङलाई हेलिकप्टरबाट उद्धार गरेर तुरुन्त त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि व्यवस्था मिलेको छ । गुरुङको स्वास्थ्यमा सुधार आइरहेको जनाइएको छ । राजेन्द्रले तुरुन्तै सहयोग गर्नसक्ने भएकाले स्थानीय सर्वसाधारण उनीप्रति आशा र भरोसा समेत गर्छन् ।

    राजेन्द्रले मिडिया डबलीसँग भने, ‘पहुँच नभएका, आर्थिक अभाव भएका बिरामीलाई आपतकालीन रूपमा हेलिकप्टर उडाएर सहयोग गरिरहेको छु । कतिपय अवस्थामा समन्वय मात्र गर्छु । कतिपय अवस्था आर्थिक व्यवस्थापनमा समेत सहयोग गर्छु ।’

    २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा विद्यार्थीको अग्रमोर्चामा रहेर राजनीतिक नेतृत्व समेत गरेका राजेन्द्र पर्यटन र होटल क्षेत्रका सफल व्यवसायी हुन् । उनी आफ्नो क्षमताले भ्याएसम्म सबैको सहयोग गर्न तत्पर रहेका जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend