शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

चुनाव हारेको तातो रिसमा तरुण दलका अध्यक्षले कुटे कांग्रेस जिल्ला सचिव, लगत्तै प्रहरी पुगेपछि ...

चुनाव हारेको तातो रिसमा तरुण दलका अध्यक्षले कुटे कांग्रेस जिल्ला सचिव, लगत्तै प्रहरी पुगेपछि ...

  • मिडिया डबली
  • आइतवार, मंसिर ५ २०७८

  • 11.2K
    SHARES

  • चुनाव हारेको तातो रिसमा तरुण दलका अध्यक्षले कुटे कांग्रेस जिल्ला सचिव, लगत्तै प्रहरी पुगेपछि ...

    काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत स्थानीय स्तरमा अधिवेशन भइरहेका छन् । चुनाव भएका ठाउँमा एक प्यानलले जितिरहेको छ भने अर्काे प्यानलले हारिरहेको छ ।

    यसरी चुनाव हारेको तातो रिसमा दाङमा तरुण दलका जिल्ला अध्यक्षले नेपाली कांग्रेसका पार्टीका जिल्ला सचिवमाथि कुटपिट गरेका छन् ।

    तरुण दल दाङका अध्यक्ष टीका घर्तीले कांग्रेस दाङका सचिव शंकर डाँगीलाई कुटेका जनाइएको छ ।

    आईतबार दिउँसो तुलसीपुरको अञ्जु स्वीट हाउसमा चिया पिइरहेका सचिव डाँगीलाई घर्तीले कुटेका छन् । प्रत्यक्षदर्शी हरि बस्नेतले डाँगीले चिया पिइरहेका बेला घर्ती स्वीट हाउसमा पुगेका जानकारी दिए ।

    बस्नेतले भने, ‘शंकरजीले कुरा गर्न खोज्दा मलाई चुनावमा हराउने तैं हो भन्दै झमाझम मुक्का बर्साउनुभयो ।’

    अध्यक्ष घर्ती दाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३(ख) को सभापति पदमा उम्मेदवार भएर पराजित भएका थिए । घर्तीलाई हराउँदै अर्का उम्मेदवार खिमबहादुर वली विजयी भएका थिए ।

    अध्यक्ष घर्ती गृहमन्त्री बालकृष्ण खाँड निकट रहेका छन् भने सभापति पदमा विजयी भएका वली केन्द्रीय सदस्य दिपक गिरी निकट रहेका छन् ।

    अध्यक्ष घर्तीले कुटपिट गरिरहेका बेला त्यहाँ पुगेका कांग्रेस तुलसीपुरका नगर सभापति सुरेश हमालले घर्तीलाई रोकेका जनाइएको छ । कांग्रेस नेताबीच झडप भएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु अर्यालको टोली घटनास्थल पुगेर फर्किएको छ । पार्टीको आन्तरिक लफडा आफैं मिलाउने भनेपछि प्रहरी टोली फर्किएको अर्यालले जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend