शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

प्यानल बाहिरबाट चुनाव लडेका यी सबैभन्दा कान्छा उम्मेदवारको सानदार जीत

प्यानल बाहिरबाट चुनाव लडेका यी सबैभन्दा कान्छा उम्मेदवारको सानदार जीत

  • मिडिया डबली
  • आइतवार, मंसिर ५ २०७८

  • 14.3K
    SHARES

  • प्यानल बाहिरबाट चुनाव लडेका यी सबैभन्दा कान्छा उम्मेदवारको सानदार जीत

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत अछाम जिल्लाको क्षेत्र नम्बर २(ख) को प्रदेश सभाबाट प्रदेश अधिवेशन प्रतिनिधिमा सुशील भण्डारी विजयी भएका छन् ।

    शनिवार सम्पन्न निर्वाचनमा खुलाबाट प्रदेश प्रतिनिधिमा भण्डारी २२२ मत ल्याएर विजयी भएका छन् ।

    जिल्लामा २ समूह बनेर चुनावी प्रतिस्पर्धा भएका बेला भण्डारीले कुनै पनि टीममा नलागी खुला रूपमा प्रतिस्पर्धा गरेका थिए । भण्डारीले आफ्ना निकटतम प्रतिद्वन्द्वी सुरेन्द्र विष्टलाई ३६ मतान्तरले पराजित गरेका छन् । कूल खसेको ४४९ मतमा लोकप्रिय मतका साथ भण्डारी विजयी भएका छन् ।

    गुट–उपगुटमा नलाग्ने भन्दै भण्डारीले प्यानल बाहिरबाट प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिएका थिए । भण्डारीसँग पराजित कांग्रेस नेता बिष्ट शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदाका केन्द्रीय सदस्य थिए, उनी कांग्रेस अछामका पुराना नेता मानिन्छन् ।

    प्रेस युनियन अछामका जिल्ला सचिव भण्डारी कांग्रेसमा उदाउँदा युवा बनेका छन् । भण्डारीले विगत २ महिनादेखि प्रदेश प्रतिनिधिमा आफ्नो उम्मेदवारी रहने प्रचारप्रसार गरेका थिए ।

    पत्रकारितामा सक्रिय रहेका भण्डारीले अब कांग्रेसको राजनीतिमा सक्रिय हुने जनाएका छन् ।

    भण्डारीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अछाम क्षेत्र नम्बर २ प्रदेशसभा (ख) को प्रदेश अधिवेशनमा दुई वटा टीमहरू चुनावी मैदानमा होमिएका थिए । गुट उपगुटको कारणले दुवै टीम चुनावी प्रक्रियामा गए । ती दुवै टीमभन्दा बाहिर रहेर गुट उपगुटलाई अन्त्य गर्नको लागि प्रदेश अधिवेशन प्रतिनिधि पदमा खुला तर्फबाट मेरो स्वतन्त्र उम्मेदवारी रहेको थियो । मलाई प्रदेश अधिवेशनमा आशा, भरोसा र विश्वासका साथ विजयी गराउनुहुने मेरा आदरणीय प्रदेशसभा (ख) का सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूमा हार्दिक नमन गर्दछु । कडा रूपमा चुनावी मैदानमा उत्रिएका दुवै टीमलाई चुनौती दिँदै मलाई अत्यधिक मतका साथ विजयी गराई सहानुभूति प्रकट गर्ने मेरा भगवान् रूपी मतदाताहरूलाई अन्तर आत्माबाट धन्यवाद प्रकट गर्दछु । तपाईंले दिएको त्यो मतको शक्तिको उच्च कदर गर्नेछु । जय नेपाल !’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend