शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

सर्वाधिक मत ल्याएर यी बने कांग्रेस महाधिवेशन प्रतिनिधि

सर्वाधिक मत ल्याएर यी बने कांग्रेस महाधिवेशन प्रतिनिधि

  • मिडिया डबली
  • आइतवार, मंसिर ५ २०७८

  • 6.4K
    SHARES

  • सर्वाधिक मत ल्याएर यी बने कांग्रेस महाधिवेशन प्रतिनिधि

    काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सोलुखुम्बुमा भएको जिल्ला अधिवेशनबाट नेपाली कांग्रेस उद्योग–व्यापार विभागका केन्द्रीय सदस्य प्रकाशसिंह कार्की सर्वाधिक मत ल्याएर महाधिवेशन प्रतिनिधि बनेका छन् ।

    महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा खसेको कूल मत ८८२ मध्ये नेता कार्कीले ५५२ मत ल्याएका हुन् । उनले ल्याएको मत सबैभन्दा बढी हो ।

    राजनीतिसँगै समाजसेवामा समेत समर्पित कार्की अघिल्लो निर्वाचनमा सोलुखुम्बु जिल्ला प्रदेशसभा (क) बाट नेपाली कांग्रेसको उम्मेदवार भएका थिए । सोलुखुम्बुमा कांग्रेसमा पटक–पटक आइरहने राजनीतिक विवाद र अन्त्यहिन गुटबन्दी समाप्त गर्न  नेता कार्कीले अभियान नै सञ्चालन गरेका छन् ।

    पार्टीलाई एकजुट र संस्थागत बनाउन खेलेको भूमिका र राजनीतिसँगै गरेको समाजसेवाका कारण यसपटकको जिल्ला अधिवेशनले सर्वाधिक मतसहित कार्कीलाई जिल्लाको लोकप्रिय नेताका रूपमा स्थापित गरेको कांग्रेसका नेता कार्यकर्ताले जनाएका छन् ।

    जिल्लाबाट खुला १० महाधिवेशन प्रतिनिधिमा कार्कीसँगै सोलुखुम्बुका पूर्व पार्टी सभापति आङ गेलु शेर्पा, कांग्रेस नेता एवं पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा, खिलराज बस्नेत, भोजराज कार्की, कुशराज राई, नातिकाजी गुरुङ, मनोज खड्का, मंगलसिंह तामाङ र नविन थापा विजयी भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend