काठमाडौं - सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शुक्रबार भएको प्रदेशसभा क्षेत्रीय अधिवेशनमा बागलुङकी उषा सापकोटाले नयाँ कीर्तिमान बनाएकी छन् ।
उषा १८ वर्षको उमेरमा कांग्रेसको प्रदेश प्रतिनिधिमा निर्वाचित भएकी छन् । बल्ल मताधिकार पाएकी उषा प्रदेशको राजनीतिसम्म पुगेकी छन् ।
कम उमेरमै प्रदेशस्तरीय राजनीतिमा पुगेकी उषाको यतिबेला चर्चा छ । कांग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माले उषालाई बधाई तथा शुभकामना दिएका छन् ।
प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन्, ‘१८ वर्ष पुग्दा उम्मेदवार ! उम्मेदवार बनिसक्दा शानदार मतका साथ विजयी ! प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी बागलुङकी उषा सापकोटालाई धेरैधेरै बधाई ! १० प्रतिशत किशोर केन्द्रीय सदस्य र प्रदेश कार्यसमिति सदस्यको अवधारणा यिनै उदाउँदो अनुहारहरूका लागि ! जय नेपाल !!’
कांग्रेस अधिवेशनबाट पछिल्लो समय युवाहरू नेतृत्वमा उदाइरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।