काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत इलाम जिल्ला क्षेत्र नम्बर १ (ख) प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सभापति पदमा युवा नेता निश्कल राई विजयी भएका छन् ।
काठमाडौंको शंकरदेव क्याम्पस नेविसंघ इकाई सभापति हुँदै पार्टी राजनीतिमा आएका ३२ वर्षीय राई ३ जना प्रतिस्पर्धीलाई पराजित गर्दै प्रदेश क्षेत्रीय सभापति बनेका छन् । राईले निकटतम प्रतिद्वन्द्वीलाई दोब्बर मतान्तरले हराएका छन् ।
आज शनिबार भएको प्रदेशसभा क्षेत्रीय अधिवेशनमा राईले १६१ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी श्यामबहादुर कार्कीले ८३, मनबहादुर बस्नेतले ७३ र सुवक श्रेष्ठले १४ मत पाएका छन् ।
यसअघि राई इलाम क्षेत्र नम्बर १ को क्षेत्रीय समितिका सहसचिव रहेका थिए ।
विद्यार्थी राजनीतिबाट काठमाडौंमा पहुँच बनाएका राईलाई सभापति पाएकोमा स्थानीय नेता–कार्यकर्ताले खुसीयाली व्यक्त गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।