आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

भारतको सहयोगमा गोरखा र नुवाकोटमा ५० हजार निजी घर पुनर्निर्माण

भारतको सहयोगमा गोरखा र नुवाकोटमा ५० हजार निजी घर पुनर्निर्माण

  • मिडिया डबली
  • सोमवार, कार्तिक २९ २०७८

  • 3.4K
    SHARES

  • भारतको सहयोगमा गोरखा र नुवाकोटमा ५० हजार निजी घर पुनर्निर्माण

    काठमाडौँ - गोरखा र नुवाकोट जिल्लामा भूकम्पपछि भारतको सहयोगमा ५० हजार घर पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रतिरोधी र विपद् प्रतिरोधी ढाँचाका घर पुनर्निर्माण भएको बताए ।

    दुई जिल्लामा भारतको सहयोगमार्फत् निर्मित ५० हजार घरहरूको समापन समारोह तथा परियोजनाबाट सिकेका पाठ–अनुभवबारे सोमबार कार्यक्रम आयोजना गरिएको थियो । यस अवसरमा ज्ञवालीले भूकम्पपछिको निर्माणमा भारतले गरेको सहयोगको लागि धन्यवाद दिए ।

    भारतीय राजदूतावासले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, युएनडिपी र युएनओपिएससँग सहकार्य गर्दै कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी. खम्पा, सीईओ सुशील ज्ञवाली, गोरखाको पालुङटार नगरपालिकाका मेयर, नुवाकोटको विदुर नगरपालिकाका उपमेयर, एनडिआरआरएमएका प्रतिनिधि, नेपाल सरकारका विविध निकायहरू, युएनडिपी, युएनओपिएस, ईयु, युएसएआइडी, वर्ल्ड बैंक, एडिबी, जाइका, एफएनसिडीओ तथा सम्बन्धित नगरपालिका/गाउँपालिकाका प्रतिनिधिको उपस्थिति थियो ।

    कार्यक्रममा खम्पाले भारत सरकारले प्रतिवद्धता जनाए अनुरुप ५० हजार निजी घरहरूको पुनर्निर्माण कार्य नेपाल सरकारले अपनाएको घरधनी लक्षित पुनर्निर्माण पद्धति अनुसार सम्पन्न भएको बताएकी थिइन्।

    गोरखा र नुवाकोट जिल्लाका चार नगरपालिका र १४ गाउँपालिकाका भूकम्प प्रभावित लाभग्राहीलाई सामाजिक–प्राविधिक सहजीकरण तथा परामर्श सेवा उपलब्ध गराउन सन् २०१८ मार्चमा भारत सरकारले युएनडिपी र युएनओपिएसलाई यस परियोजनामा संलग्न गराएको थियो ।

    १०० मिलियन अमेरिकी डलर अनुदान र चौथो लाइन अफ क्रेडिट अन्तर्गतको ५० मिलियन अमेरिकी डलरसहित ५० हजार घरको पुनर्निर्माणका लागि आर्थिक र प्राविधिक सहयोग प्रदान गर्न आवास क्षेत्रमा भूकम्पपछिको सहायता प्याकेजको रुपमा भारत सरकारले १५० मिलियन अमेरिकी डलरको प्रतिवद्धता जनाएको थियो ।

    २०७२ सालको भूकम्पबाट प्रभावित नेपालका ११ जिल्लामा ७१ वटा शिक्षा क्षेत्रसँग सम्बन्धित परियोजना, १३२ वटा स्वास्थ्य भवन तथा २८ वटा सांस्कृतिक सम्पदा स्थलको पुनर्स्थापना/प्रबलीकरणका लागि भारत सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग मिलेर काम गरिरहेको भारतीय दूतावासले जनाएको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend