काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पार्टी महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गर्ने निर्णय गरेको छ ।
निर्वाचन समितिले मंसिर २४–२६ गतेसम्म गर्ने गरी तोकेको कार्यतालिकालाई बैठकले अनुमोदन गरेको छ ।
पार्टीको प्रदेश तहको अधिवेशन मंसिर १६ र १७ गते गर्ने निर्णय समेत गरिएको छ ।
यस्तै, पार्टीको १४औं महाधिवेशन अन्तर्गत प्रदेश कार्यसमितिको अधिवेशन गर्न ७ वटै प्रदेशमा संयोजक तोकिएका छन् ।
बैठकले १ नम्बर प्रदेशमा कृष्णप्रसाद सिटौला, २ नम्बर प्रदेशमा रमेश रिजाल, बागमती प्रदेशमा प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशमा बालकृष्ण खाँण, कर्णाली प्रदेशमा जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा दिलेन्द्रप्रसाद बडूलाई संयोजकको जिम्मेवारी दिएको छ ।
हाल पार्टीको प्रदेश कार्यसमिति नभएका कारण अधिवेशनका लागि संयोजक तोकिएको केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।