शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

पार्टी महाधिवेशनबारे कांग्रेस पदाधिकारी बैठकबाट यस्तो निर्णय

पार्टी महाधिवेशनबारे कांग्रेस पदाधिकारी बैठकबाट यस्तो निर्णय

  • मिडिया डबली
  • शनिवार, कार्तिक २७ २०७८

  • 3.0K
    SHARES

  • पार्टी महाधिवेशनबारे कांग्रेस पदाधिकारी बैठकबाट यस्तो निर्णय

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका भोलि आईतबार बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन गर्ने निर्णय गरिएको छ ।

    प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा भएको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले निर्वाचन समितिको कार्यतालिका केन्द्रीय कार्यसमिति बैठकबाट पारित गराउने निर्णय गरेको छ ।

    पदाधिकारी बैठकमा महाधिवेशन सफल बनाउन व्यवस्थापकीय समिति बनाउनेबारे छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । महाधिवेशन सम्पन्न गर्नका लागि विधानमा भएका केही व्यवस्थालाई निलम्बन गरिएको र त्यसबारे निर्णय गराउन प्रस्ताव केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरिने शर्माले जानकारी दिए ।

    विदेशस्थित जनसम्पर्क समितिले पठाएका क्रियाशील सदस्यको नामहरू केन्द्रीय समितिले अनुमोदन गर्ने भएको छ । प्राप्त हुन नसकेका देशका जनसम्पर्क समितिले निश्चित अवधि उपलब्ध गराउने भएका छन् ।

    बैठकपछि प्रवक्ता शर्माले भने, ‘बैठकमा न्यायालयका विषयमा पनि कुरा उठ्यो । मुख्यतः महाधिवेशन र भोलि बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरिने एजेन्डामा केन्द्रित भयो । केन्द्रीय समिति बैठकमा यस विषयमा थप छलफल होला । गठबन्धन दलका नेता सम्मिलित संयन्त्रका विषयमा व्यक्ति विशेषले केही कुरा उठाए पनि औपचारिक रूपमा प्रवेश पाएको छैन ।’

    कांग्रेसको महाधिवेशनबारे यसअघि नै निर्वाचन समितिले निर्णय गरिसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend