काठमाडौं – नेकपा माओवादी केन्द्रले देशैभरका सबै पार्टी कमिटीमा एक व्यक्ति एक पदको अवधारणा लागू गर्ने निर्णय पारित गरेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज शुक्रवार भएको भर्चुअल केन्द्रीय कमिटी बैठकले पार्टीको विधानमा संशोधनसमेत गर्दै पालिकामा पदाधिकारी सम्बन्धी नयाँ प्रावधान पारित गरेको छ ।
माओवादी केन्द्रको प्रदेश र पालिका कमिटीमा ७/७ पदाधिकारी रहने व्यवस्था गरिएको छ । जसमा अध्यक्ष, उपाध्यक्ष २, सचिव, सहसचिव २ र कोषाध्यक्ष रहेका छन् । वडा कमिटीमा ५ पदाधिकारी र टोल कमिटीमा अध्यक्ष र सचिव गरी २ पदाधिकारी रहने तथा सेल कमिटीमा सचिव मात्र राखिने गरी विधान संशोधन गरिएको छ ।
हाल देशैभर नेपाली कांग्रेस र नेकपा एमालेले पालिकास्तरमा कमिटी गठन गरिरहेको छ । देशका प्रमुख राजनीतिक दलहरू यतिबेला संगठन सुदृढीकरणमा लागेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।