शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

यी हुन् कांग्रेस महाधिवेशन प्रतिनिधिका उम्मेदवार, औपचारिक कार्यक्रममै घोषणा

यी हुन् कांग्रेस महाधिवेशन प्रतिनिधिका उम्मेदवार, औपचारिक कार्यक्रममै घोषणा

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक २६ २०७८

  • 5.3K
    SHARES

  • यी हुन् कांग्रेस महाधिवेशन प्रतिनिधिका उम्मेदवार, औपचारिक कार्यक्रममै घोषणा

    काठमाडौं – नेपाली कांग्रेसले पश्चिम नवलपरासीमा १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय प्रतिनिधिका उम्मेदवारको घोषणा गरिएको छ ।

    कण्डेल समूहले परासीमा एक कार्यक्रम गरेर उम्मेदवारको घोषणा गरेको छ ।

    पार्टीका केन्द्रीय सदस्य एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंडेलको प्रमुख आतिथ्य र जिल्ला सभापति विष्णु पौडेलको अध्यक्षतामा भएको कार्यक्रमबाट पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ को संघीय क्षेत्रीय कार्यसमिति र त्यस अन्तर्गत २ प्रदेशसभा निर्वाचन क्षेत्र १ र २ को क्षेत्रीय कार्यसमितिका लागि उम्मेदवार घोषणा गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

    जसअनुसार संघीय अर्थात् प्रतिनिधिसभा क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमितिको सभापति पदमा माधव पाण्डेलाई उम्मेदवार घोषणा गरिएको छ । हाल सोही कार्यसमितिको क्षेत्रीय सचिव रहेका पाण्डेले आगामी महाधिवेशनमा क्षेत्रीय सभापति पदमा उम्मेदवारी दिएका छन् ।

    संघीय क्षेत्रीय कार्यसमितिको सचिवमा प्रदीप क्षेत्री र भरत पौडेल, सहसचिवमा उपेन्द्र गुप्ता र नरेश भट्टराईलाई उम्मेदवार बनाइएको छ ।

    प्रदेशसभा निर्वाचन क्षेत्र अन्तर्गत २(१) को क्षेत्रीय सभापतिमा कृष्णनारायण श्रेष्ठको उम्मेदवारी घोषणा भएको छ । क्षेत्रीय समितिको उपसभापतिमा बेगबहादुर पुन र भेषनारायण चौधरी, सचिवमा मकसुधन चौधर र देव भट्टराई तथा सहसचिवमा दीपेन्द्र चौधरी र रामचन्द्र सापकोटालाई उम्मेदवार बनाइएको छ ।

    undefinedundefined

    प्रदेश २(२) क्षेत्रीय सभापतिका लागि रामचन्द्रप्रसाद केवट (चन्दु), उपसभापतिमा रामकृपाल गिरी र विनोद गुप्ता, सचिवमा अनिता तिवारी र भण्डारी पासी, सहसचिवमा दीपक यादव र केदारनाथ यादव (पप्पु) लाई उम्मेदवार बनाइएको छ ।

    कांग्रेसको प्रदेशसभा निर्वाचन क्षेत्रको मंसिर ३ गते र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मंसिर ६ गते अधिवेशन हुँदैछ ।

    पश्चिम नवलपरासी कांग्रेसको महाधिवेशनमा वडा तहदेखि नै केन्द्रीय सदस्य कण्डेल र संविधानसभा सदस्य विक्रम खनाल पक्षबीच प्रतिस्पर्धा भइरहेको छ । खनाल पक्षले पनि उम्मेदवारी घोषणा गरिसकेको छ ।

    undefined

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend