शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेस हार्नुको कारण केलाउँदै हुकुम राईले गरे कांग्रेस जिल्ला सदस्यमा उम्मेदवारी घोषणा

कांग्रेस हार्नुको कारण केलाउँदै हुकुम राईले गरे कांग्रेस जिल्ला सदस्यमा उम्मेदवारी घोषणा

  • मिडिया डबली
  • बिहिवार, कार्तिक २५ २०७८

  • 5.7K
    SHARES

  • कांग्रेस हार्नुको कारण केलाउँदै हुकुम राईले गरे कांग्रेस जिल्ला सदस्यमा उम्मेदवारी घोषणा

    काठमाडौं – नेपाली कांग्रेस ओखलढुंगाका युवा नेता हुकुम राईले १३औं महाधिवेशनअन्तर्गत ओखलढुंगामा हुने जिल्ला अधिवेशनमा कार्यसमिति सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

    ओखलढुंगामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस हार्नुको कारणबारे सामान्य मन्थन गर्दै नेता राईले कांग्रेसलाई बलियो बनाउन आफू उम्मेदवार बनेको जनाएका छन् ।

    ‘मेरो आत्माले भन्छ र सत्य पनि त्यही हो – ओखलढुंगामा कांग्रेस चुनावमा पराजय हुनुमा लोकतान्त्रिक पद्धतिलाई मन नपरेर कम्युनिस्ट शासनलाई मन परेको हुँदै होइन । मलाई अझैसम्म विश्वास छ – ओखलढुंगामा लोकतन्त्र प्रेमीको संख्या बाहुल्य छ । त्यसैले कांग्रेसको जीत सुनिश्चित छ तर हरेक कांग्रेसले त्यो विभिन्न पात्रहरूबाट विभिन्न समयमा र परिस्थितिमा भएको हरेक गल्तीहरूलाई स्वीकार्दै केलाएर, सच्याउन जरुरी छ,’ युवा नेता राईले उम्मेदवारी घोषणा गर्दै भने ।

    सिलाएर वा टालेर जे जसरी हुन्छ त्यसरी नै मिलाएर कांग्रेस ओखलढुंगाको संगठन दुरुस्त पार्नुपर्ने नेता राईको भनाइ छ । ‘त्यो संगठनको एक सच्चा सिपाही भएर काम गर्ने ठूलो रहर छ । त्यसैले १४औं महाधिवेशनमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्यको उम्मेदवारी घोषणा गरेको छु ।’
     
    उनले अगाडि भनेका छन्, ‘तपाईंहरूलाई लाग्दो हो यो फुच्चे कसरी उम्मेदवार भयो । त्यसैले मैले भन्न आवश्यक ठानें, म १३औं अधिवेशनदेखि नियमित बुथ प्रतिनिधि छु । २०७० सालको संविधान सभाको निर्वाचन र २०७४ सालको आमनिर्वाचनमा शुरूदेखि अन्तिमसम्म उम्मेदवार लगायत सम्पूर्ण प्रचार टीमसँगै प्रचारप्रसारमा थिएँ र संविधानसभा सदस्य रामहरि खतिवडाको स्वकीय सचिव भएर अहिलेसम्म पनि उहाँकै सचिवालय हेर्दैछु । मलाई पूरा आशा छ – तपाईंहरूले आफ्नो अमूल्य मत दिएर त्यो मौका तपाईंहरूले मलाई दिनु हुनेछ । जय नेपाल !’ 

    252809543_670560940982681_8447214867918012035_n (1).jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend