शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

चुनावी मैदानमा होमिए कांग्रेसका युवा नेता राजेन्द्र बजगाईं, उम्मेदवारी घोषणा

चुनावी मैदानमा होमिए कांग्रेसका युवा नेता राजेन्द्र बजगाईं, उम्मेदवारी घोषणा

  • मिडिया डबली
  • बिहिवार, कार्तिक २५ २०७८

  • 5.5K
    SHARES

  • चुनावी मैदानमा होमिए कांग्रेसका युवा नेता राजेन्द्र बजगाईं, उम्मेदवारी घोषणा

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका लोकप्रिय युवा नेता राजेन्द्र बजगाईंले पार्टी महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।

    पर्यटन व्यवसायबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएका नेता बजगाईंले विकासका लागि राजनीतिको नारासहित कांग्रेस केन्द्रीय समितिमा पुग्न आफूले प्रयास गर्ने बताएका छन् ।

    १३औं महाधिवेशनमा कुनै पनि प्यानलमा नपरेका बजगाईंले सम्मानजनक मत ल्याउन सफल भएका हुन् । उनले १४औं महाधिवेशनमा समेत चुनावी मैदानमा होमिने घोषणा गरेका छन् ।

    नेता बजगाईंले भने, ‘अघिल्लो महाधिवेशनमा समेत केन्द्रीय समितिमा जान प्रयास गरेकै हुँ । यसपटक अझ बढी प्रतिबद्धतासहित खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेछु ।’

    नेपाली कांग्रेसले राजनीतिक परिवर्तनलाई नेतृत्व गरिसकेकाले विकास र जनताको स्तर उकास्ने एजेण्डालाई पनि अब प्राथमिकता दिनुपर्ने उनले बताएका छन् ।

    उनले भने, ‘नेविसंघको राजनीतिक पृष्ठभूमिबाट पर्यटन क्षेत्रको व्यावसायिक राजनीति हुँदै पार्टी राजनीतिमा उपस्थिति जनाएको छु । जनताले अब विकास खोजेका छन्, विकासको त्यो भोक मेट्ने कांग्रेस बनाउनुपर्छ ।’

    नेता बजगाईं २७ वर्षदेखि पर्यटन व्यवसायमा आवद्ध रहेका छन् । २०७४ सालमा सम्पन्न प्रदेशसभा निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट गोरखा जिल्लाको १(२) नम्बर प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्य पदमा उम्मेदवार बनेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend