शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

बाँकेमा कांग्रेस क्रियाशील सदस्यता विवाद चर्कियो

बाँकेमा कांग्रेस क्रियाशील सदस्यता विवाद चर्कियो

  • मिडिया डबली
  • बिहिवार, कार्तिक २५ २०७८

  • 2.9K
    SHARES

  • बाँकेमा कांग्रेस क्रियाशील सदस्यता विवाद चर्कियो

    काठमाडौं – नेपाली कांग्रेसको क्रियाशील सदस्यताका कारण बाँकेमा विवाद चर्किएको छ ।

    केन्द्रले १४औं महाधिवेशन अन्तर्गत कात्तिक २७ गते वडा अधिवेशन हुने मिति तोकेको छ ।

    वडा अधिवेशन हुन बाँकी रहेका क्षेत्रमा तयारी भइरहेका बेला बाँकेमा भने विवाद देखिएको छ ।

    जिल्ला कार्यसमितिबाट पठाइएकोभन्दा फरक क्रियाशील सदस्यता सूची प्रकाशित भएको भन्दै विवाद देखिएको छ ।

    निर्वाचन अधिकृत रेवतीरमण भट्टराईले कात्तिक २३ गतेमा जिल्ला सभापति किरण कोइरालालाई हस्तान्तरण गरेको ३ वटै क्षेत्रको क्रियाशील सदस्यता सूचीभन्दा फरक सूची बाहिरिएपछि विवाद भएको छ ।

    बाँकेको १ नम्बर निर्वाचन क्षेत्रका सभापति माधवराम खत्रीले २३९ जनाको फर्जी क्रियाशील सदस्यताको सूची प्रकाशित भएको आरोप लगाएका छन् । केन्द्र पार्टीबाट नै क्रियाशील सदस्यता सूची थप भएको आशंका जिल्लामा गरिएको छ ।

    पार्टी सभापति कोइराला सहितले निर्वाचन समितिको कार्यालय बाँकेमा तालाबन्दी गरेका छन् ।

    पार्टी सभापति शेरबहादुर देउवा पक्षले केन्द्रबाटै क्रियाशील सदस्यको नाम थप गरेकोमा संस्थापनइतर पक्षले विरोध जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend