काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद टुंगो लगाएर ७७ वटै जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ ।
पछिल्लो समय विवाद बाँकी रहेका रौतहट र रसुवाको विवाद टुंगो लागेपछि सबै जिल्लाको विवाद अन्त्य भएको हो ।
विवाद अन्त्य भएसँगै कांग्रेसले सबै जिल्लाको क्रियाशील सदस्यता नामावली वेबसाइटमार्फत् सार्वजनिक गरेको छ ।
कांग्रेसको नयाँ कार्यतालिकाअनुसार कात्तिक २७ गतेदेखि रोकिएका अधिवेशन प्रक्रिया सुरू गरेर मंसिर २४–२६ गतेसम्म केन्द्रीय महाधिवेशनको मिति तय भएको छ ।
क्रियाशील सदस्यताको विषयमा तराईका जिल्ला, काठमाडौंको दक्षिणकाली नगरपालिका–२, काभ्रेको महाभारत गाउँपालिका लगायतमा सदस्यता असन्तुष्टि रहेको थियो ।
क्रियाशील सदस्यता विवाद टुंगिएसँगै अब सबैतिर धमाधम अधिवेशन हुने कांग्रेस स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।