शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

तिहार बिदापछि प्रधानन्यायाधीश चोलेन्द्र एक्सनमा !

तिहार बिदापछि प्रधानन्यायाधीश चोलेन्द्र एक्सनमा !

  • मिडिया डबली
  • सोमवार, कार्तिक २२ २०७८

  • 2.9K
    SHARES

  • तिहार बिदापछि प्रधानन्यायाधीश चोलेन्द्र एक्सनमा !

    काठमाडौं – राजीनामाको चर्काे दबाब खेपिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा तिहार बिदापछि फेरि एक्सनमा आएका छन् ।

    प्रधानन्यायाधीश राणाले सोमबार सर्वोच्च अदालतमा ६ वटा इजलास तोकेका छन् । ७ वटा मुद्दाको पेसी तोकिएको सर्वोच्च अदालतको दैनिक पेसी सूचीमा जनाइएको छ ।

    प्रधानन्यायाधीश जबराले २ वटा एकल इजलास र ४ वटा संयुक्त इजलास तोकेका छन् । पेसी तोकिएका सबै मुद्दा बन्दीप्रत्यक्षीकरणसँग सम्बन्धित छन् ।

    प्रधानन्याायधीशले आज सोमवार आफ्नो इजलास समेत तोकेका छन् । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै न्यायाधीशहरूले समेत दबाब दिइरहेका छन् । प्रधानन्यायाधीश राणा राजीनामा नगर्ने अडानमा रहेका छन् ।

    राणाले आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश नियुक्त भएको बताउँदै कसैले राजीनामा माग्दैमा नदिने बताउँदै आएका छन् । राणाले संवैधानिक प्रक्रियाबाट हटाउन चुनौती समेत दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ १३ २०७८०३:१३:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend