आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रतिनिधिसभा विघटनका १९ रिटमा प्रधानन्यायाधीश जबराबाट यस्तो आदेश

प्रतिनिधिसभा विघटनका १९ रिटमा प्रधानन्यायाधीश जबराबाट यस्तो आदेश

  • मिडिया डबली
  • बिहिवार, जेठ १३ २०७८

  • 5.1K
    SHARES

  • प्रतिनिधिसभा विघटनका १९ रिटमा प्रधानन्यायाधीश जबराबाट यस्तो आदेश

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको प्रतिनिधिसभा विघटनविरुद्ध परेका १९ वटा रिटमाथि बिहीबार सुनुवाइ हुँदै प्रारम्भिक आदेश जारी भएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा भएको सुनुवाइले सबै रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको छ ।

    प्रधानन्यायाधीश जबराले १९ वटा रिटको बिहीबार सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाउन आदेश गरेका छन् ।

    बिहीबार भएको सुनुवाइमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले अन्तरिम आदेशमार्फत प्रतिनिधि सभाको विघटन रोक्न माग गरेपनि अन्तरिम आदेश जारी भएन । प्रतिनिधिसभा पुनर्स्थापना गरेर मात्र बजेट ल्याउन बहसमा माग गरिएको थियो ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा प्रतिनिधि सभाका बहुमत सदस्य अदालतमा उपस्थित भएर दायर गरेको रिटमाथि संवैधानिक इजलासमा भोलि शुक्रबारदेखि बहस हुँदैछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ १३ २०७८०७:२८:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend