काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको वडा अधिवेशन गर्न बाँकी रहेका १३ जिल्लामा निर्वाचन अधिकृत तोकिएका छन् ।
२ नम्बर प्रदेशका ८ जिल्लासहित बाँके, डोल्पा, कैलाली, सुर्खेत र रसुवा जिल्लामा प्रतिनिधि तोकिएका हुन् ।
कांग्रेसले कात्तिक २७ गते वडा अधिवेशन हुने मिति तोकेको छ । वडा अधिवेशन गराउन तोकिएका जिल्ला निर्वाचन अधिकृतहरू –
सिरहा – सञ्जीव लामा
धनुषा – अरुण ज्ञवाली
महोत्तरी – ईन्द्र अधिकारी
सप्तरी – डा. रुद्र शर्मा
सर्लाही – विनोद कार्की
रौतहट – दिपकराज गिरी
बारा – ज्ञानेन्द्रप्रसाद अधिकारी
पर्सा – नरेन्द्र केसी
कैलाली – टेकप्रसाद सुवेदी
बाँके – रेवतीरमण भट्टराई
सुर्खेत – मदन रेग्मी
रसुवा – सुमनकुमार केसी
डोल्पा – कुमार श्रेष्ठ
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।