शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेसमा ईन्द्र बानियाँको कमाल ! एकैदिन १५ सय कार्यकर्तालाई गराए पार्टी प्रवेश

कांग्रेसमा ईन्द्र बानियाँको कमाल ! एकैदिन १५ सय कार्यकर्तालाई गराए पार्टी प्रवेश

  • मिडिया डबली
  • बुधवार, कार्तिक १७ २०७८

  • 5.6K
    SHARES

  • कांग्रेसमा ईन्द्र बानियाँको कमाल ! एकैदिन १५ सय कार्यकर्तालाई गराए पार्टी प्रवेश

    काठमाडौं – नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले दैनिक विभिन्न दलका सयौं नेता कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराउँदै आएका छन् ।

    पछिल्लो १ महिनामा १५ हजारभन्दा धेरै नेता कार्यकर्तालाई मकवानपुर कांग्रेसमा प्रवेश गराएको सभापति बानियाँको सचिवालयले जानकारी दिएको छ ।

    पार्टी प्रवेश कार्यक्रममा कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डीना’ सहितका नेताहरुको पनि उत्तिकै सक्रियता रहेको देखिन्छ ।

    नेत्री उपाध्याय सहितका नेताहरूको पहलमा एमाले, माओवादी, राप्रपा सहितका दलका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको सभापति बानियाँका निजी सहयोगी मिलन पुडासैनीले बताएका छन् ।

    यसैबीच, नेपाली कांग्रेस कैलाश गाउँपालिकाद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा एमालेसहित विभिन्न दलका ४२१ जना कांग्रेसमा प्रवेश गरेका छन् ।

    कालिकाटारमा आयोजित कार्यक्रममा विभिन्न दल परित्याग गरेका नेता कार्यकर्तालाई कांग्रेस केन्द्रीय सदस्य उपाध्याय, सभापति बानियाँ लगायतका नेताहरुले पार्टीमा स्वागत गरेका छन् ।

    undefined

    त्यसैगरी, नेपाली कांग्रेस भीमफेदी गाउँपालिका र मकवानपुरगढी–८ ले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा विभिन्न दलका ८०० जना कांग्रेसमा प्रवेश गरेका छन् ।

    undefined

    भीमफेदीमा ६५० र मकवानपुरगढी–८ मा १५० जनालाई केन्द्रीय सदस्य उपाध्याय र सभापति बानियाँले कांग्रेसमा स्वागत गरेका छन् ।

    undefined

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend