शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

राप्रपाका वडाध्यक्ष र वाइसीएलका सहइन्चार्जसहित ३०२ जना कांग्रेसमा प्रवेश

राप्रपाका वडाध्यक्ष र वाइसीएलका सहइन्चार्जसहित ३०२ जना कांग्रेसमा प्रवेश

  • मिडिया डबली
  • मंगलवार, कार्तिक १६ २०७८

  • 10.2K
    SHARES

  • राप्रपाका वडाध्यक्ष र वाइसीएलका सहइन्चार्जसहित ३०२ जना कांग्रेसमा प्रवेश

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसमा आकर्षण बढिरहेका बेला ललितपुरको गोदावरी नगरपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

    नेपाली कांग्रेस गोदावरी नगर समितिले आयोजना गरेको कार्यक्रममा गोदावरी नगरपालिका–११ का राप्रपा वडाध्यक्ष निलबहादुर देशार, माओवादीको वाइसीएल गोदावरी नगर कमिटी सहइन्चार्ज निरोज महर्जनसहित ३०२ जना कांग्रेसमा प्रवेश गरेका छन् ।

    गोदावरी नगरपालिका ४ जना नै नेपाली कांग्रेसको वडा सदस्यमा निर्बाचित भएका थिए। नेता देशारको लोकप्रियता कारण वडा अध्यक्षमा निर्बाचित भएका थिए।

    माओवादी जिल्ला सदस्य उमा बिसुंखे, महिला समूह अध्यक्ष मसलादेवी कहिब, एमालेका श्याम नेपाली, अशोक बिष्ट, ईश्वर केसी, अनिश भण्डारी, महेन्द्र महर्जन, मुकेश नेवा, महेश महर्जन, महेन्द्र महर्जन, नवराज नगरकोटी, सञ्जिव कार्की, सुरेश महर्जन, सानुबाबु नेपाली, किशोर महर्जन लगायत कांग्रेस प्रवेश गरेका छन् ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउँद प्रमुख अतिथि रहेको कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति मदनबहादुर अमात्य, पूर्व अर्थ राज्यमन्त्री उदयशम्सेर राणा, नेपाली कांग्रेस खेलकुद विभाग सचिव, युवा नेता मीनकृष्ण महर्जन, गोदावारी नगरपालिकाका पूर्व मेयर गजेन्द्र महर्जन लगायतले टीका, माला लगाएर नवप्रवेशीलाई कांग्रेसमा स्वागत गरेका छन् ।

    कार्यक्रम गोदावरी नगर कार्यसमिति सभापति प्रदीप जोशीको सभापतित्वमा भएको थियो । 

    undefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefined

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend