आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ग्लास्गोमा प्रधानमन्त्री देउवासँग भेट्दा नरेन्द्र मोदी मुसुक्क !

ग्लास्गोमा प्रधानमन्त्री देउवासँग भेट्दा नरेन्द्र मोदी मुसुक्क !

  • मिडिया डबली
  • मंगलवार, कार्तिक १६ २०७८

  • 5.1K
    SHARES

  • ग्लास्गोमा प्रधानमन्त्री देउवासँग भेट्दा नरेन्द्र मोदी मुसुक्क !

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

    स्कटल्यान्डको ग्लास्गो सहरमा आयोजित अन्तर्राष्ट्रिय जलवायु परिवर्तन सम्मेलन (कोप २६) मा सहभागी हुने क्रममा दुवै देशका प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो ।

    प्रधानमन्त्री देउवा र उनका भारतीय समकक्षी मोदीले सोमबार कोप २६ लाई सम्बोधन गरेका थिए । दुवै नेताले जलवायु परिवर्तनले पारेको प्रभाव र त्यसको असरबारे विचार राखेका थिए । देउवाले जलवायु परिवर्तनका कारण ८० प्रतिशतभन्दा बढी हिमालमा असर गरेकाले त्यसको न्यूनीकरण गर्न विश्वका नेताहरूलाई आह्वान गरे ।

    कोप २६ मा सम्बोधनपछि देउवा र मोदीबीच साइडलाइन वार्ता भएको थियो । उनीहरू दुई देशबीचको सम्बन्ध सुधारका बारेमा कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे संक्षिप्त कुराकानी भएको थियो । 

    भारतीय प्रधानमन्त्री मोदी देउवासँग भेट गर्ने क्रममा निकै मुस्कुराएका थिए । तस्बिरमा देखिएको दुवै नेताको बडी ल्यांग्वेजले सम्बन्ध सुधारमा प्रगति भएको अनुमान गर्न सकिन्छ ।

    केही समययता नेपाल र भारत सरकारबीच सम्बन्धमा शिथिलता देखिएको बताए पनि ग्लास्गो साइडलाइन वार्ताले त्यसमा आइसब्रेक गरेको विश्लेषण गर्न थालिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ ७ २०७७०३:३०:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend