शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

मृत फेला परे कांग्रेसका क्षेत्रीय प्रतिनिधि, घटना रहस्यमय

मृत फेला परे कांग्रेसका क्षेत्रीय प्रतिनिधि, घटना रहस्यमय

  • मिडिया डबली
  • सोमवार, कार्तिक १५ २०७८

  • 4.2K
    SHARES

  • मृत फेला परे कांग्रेसका क्षेत्रीय प्रतिनिधि, घटना रहस्यमय

    काठमाडौं – १४ दिनदेखि बेपत्ता रहेका नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि रेशमराज तिमिल्सेना अछाममा मृत फेला परेका छन् ।

    जिल्लाको कमलबजार नगरपालिका–५ कुईकाका ३४ वर्षीय रेशमराज तिमिल्सेना गैरिटाँड बजार नजिकै बाँसको झारीमा मृत भेटिएका हुन् ।

    तिमिल्सेना असोज ३१ गतेदेखि गैरीटाँडको एक होटलमा बसेको देखिएपछि बेपत्ता भएका थिए । कात्तिक २ गतेदेखि प्रहरीको टोलीले खोजी कार्य गरे पनि फेला परेका थिएन् ।

    उनी बेपत्ता भएको ठाउँ नजिकै सोमवार मृत फेला परेका प्रहरीले जानकारी दिएको छ ।

    जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक (डीएसपी) तुल्सीराम अर्यालले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।

    मृतकका आफन्तले घटना रहस्यमय रहेको भन्दै छानबिनको माग गरेका छन् ।

    उनी नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि र भुवनेश्वर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका थिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend