शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

एमाले–माओवादी छाडेर १०० नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश

एमाले–माओवादी छाडेर १०० नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश

  • मिडिया डबली
  • आइतवार, कार्तिक १४ २०७८

  • 6.0K
    SHARES

  • एमाले–माओवादी छाडेर १०० नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश

    काठमाडौं – पार्टीभित्र चर्काे असन्तुष्टि बढेपछि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल लगायत पार्टी परित्याग गरी १०० बढी जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    पश्चिम नवलपरासीको सरावल गाउँपालिका–४ गोबरहिया कोटही मन्दिरमा शुभकामना आदानप्रदान, शपथग्रहण तथा पार्टी प्रवेश कार्यक्रमको अवसरमा विभिन्न पार्टी परित्याग गरी १०० जनाभन्दा बढी स्थानीय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

    नवप्रवेशीहरू नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद देवेन्द्रराज कंडेलबाट टीका तथा खाँदा ग्रहण गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    नेपाली कांग्रेस सरावल गाउँपालिका कार्यसमितिको आयोजनामा पार्टी सभापति विनोदकुमार पाण्डेयको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद देवेन्द्रराज कंडेलले कांग्रेसको विचार र सिद्वान्तलाई अँगालेर कांग्रेस प्रवेश गरेका नेता–कार्यकर्तालाई सधैं सम्मान गर्ने, अवसरहरूलाई समान रूपमा वितरण गर्ने, नयाँ पुरानो भनी भेदभाव नगरिने बताएका छन् ।

    undefined

    नेपाली कांग्रेसमा आवद्ध सबैले आफ्नो समस्या र समाजका समस्यामा हातेमालो गरेर अघि बढ्न सुझाव दिँदै उनले नेपाली कांग्रेसका सबै वडास्तरका कार्यकर्ता सक्रियताका साथ लागेर पार्टी बलियो बनाउन आग्रह गरेका छन् ।

    undefined

    हालसम्मका परिवर्तनमा कांग्रेसको नेतृत्वदायी भूमिका रहेको बताउँदै उनले स्थानीय क्षेत्रको विकास र समृद्धिको नेतृत्व समेत कांग्रेसले नै गर्ने बताए । ‘विदेशी नागरिकले नेपालीसँग विवाह गरेको ७ वर्षपछि मात्र नागरिकता पाउने प्रावधान हटाएर विवाहलगत्तै नागरिकता दिनुपर्छ,’ उनले भने ।

    undefinedundefined

    कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति विष्णु पौडेल, उपसभापति अनिलकुमार गौड, केन्द्रीय संगठन विभाग सदस्य मोहनप्रसाद शर्मा, केन्द्रीय शिक्षा विभाग सदस्य राधेश्याम पाठक, महासमिति सदस्य एवं सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी, प्रतापपुर गाउँपालिका उपसभापति राजु अधिकारी, नेपाल महिला संघ सभापति कमला तिवारी, सरावल–५ का सभापति कमलेश्वर गौड लगायतका वक्ताले समृद्ध नेपाल निर्माण गर्न कांग्रेसबाहेक अर्को विकल्प नभएकाले कांग्रेसप्रति लहर जागेको दाबी गर्दै नवप्रवेशी सदस्यलाई स्वागतसहित शुभकामना व्यक्त गरेका छन् ।

    कार्यक्रममा नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा कांग्रेसको विचारधारालाई मान्ने शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको थियोे ।

    undefined

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend