काठमाडौं – अमेरिकी सहयोगको मिलेनियमन च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाले सम्झौतालाई अगाडि बढाउने वा नबढाउने कुरा नेपाल सरकारको हातमा रहेको स्पष्ट पारेको छ ।
आज आईतवार वक्तव्य जारी गर्दै एमसीसी परियोजनाले केही पहिले भएको नेपाल भ्रमणका क्रममा आफ्ना अधिकारीले एमसीसी सम्झौताबारे स्पष्टीकरण दिएको र सरकारबाट सम्झौतालाई अघि बढाउने प्रतिबद्धता व्यक्त भएको जनाइएको छ ।
संसदले सम्झौतालाई अनुमोदन नगर्दा लाखौं नेपाली जनता लाभ र सुविधा लिनबाट वञ्चित भएका जनाउँदै एमसीसीले एमसीसी सम्झौता अनुमोदनमा ढिलाइ हुँदा ५०० मिलियन डलरको अनुदान सहायता र २ करोड ३० लाख नेपाली जनताको भरपर्दो विद्युत् र सुरक्षित सडकको सुविधालाई जोखिममा पारेको दाबी गरेको छ ।
‘एमसीसी सम्झौतालाई अगाडि बढाउने निर्णय अब नेपालको हातमा छ,’ वक्तव्यमा उल्लेख छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।