आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अमेरिकाको एमसीसीका लागि मरिहत्ते गर्दैछन् केपी ओली

अमेरिकाको एमसीसीका लागि मरिहत्ते गर्दैछन् केपी ओली

  • मिडिया डबली
  • बिहिवार, बैशाख २ २०७८

  • 4.7K
    SHARES

  • अमेरिकाको एमसीसीका लागि मरिहत्ते गर्दैछन् केपी ओली

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोगको एमसीसी सम्झौता संसदमा निर्णयार्थ प्रस्तुत नगरिएकामा सभामुख अग्नि सापकोटाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

    सरकारले संसदमा टेबल गरेपछि निर्णयार्थ प्रस्तुत नगर्नु गलत भएको प्रधानमन्त्री ओलीले बताएका छन् ।

    ‘नेपाली कांग्रेस र नेकपा माओवादी सरकारमा हुँदा एमसीसी सम्झौता गरिएको थियो । त्यो निर्णयार्थ हामीले संसदमा टेबल गरेका छौं र टेबलमा निर्णयार्थ प्रस्तुत गरिएको छैन । हामी त्यसको माग गरिरहेका छौं,’ प्रधानमन्त्री ओलीले बुधवार नयाँ वर्षका अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै भने, ‘त्यसरी सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने भनेको संवैधानिक कुनै अधिकार कसैसँग हुँदैन । त्यो गर्नैपर्ने हुन्छ । तर संविधान नै नमान्ने, जिद्दी गर्ने त्यो प्रवृति हामी झेलिरहेका छौं । हामी चाहन्छौं, फाटोको खेती होइन । आपसमा, परस्परमा, वैमनस्यता र घृणा होइन, आजको हाम्रो आवश्यकता राष्ट्रिय एकता हो ।’ 

    प्रधानमन्त्री ओलीले संविधानले गरेको व्यवस्थाअनुसार अध्यादेश पेश गर्न नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । ‘अचम्म ! लडेर ल्याएको संसद, मुद्दा लडेर ल्याएको संसद चल्न नदिएर, संविधानले भनेको पहिलो दिन प्रस्तुत गर्ने/गर्नुपर्ने अध्यादेश संसदमा प्रस्तुत गर्न नदिएर एउटा अप्रिय र अशोभनीय स्थितिको निर्माण भएको छ,’ उनले भने ।  

    ओलीले अध्यादेशबाट एसिड आक्रमणविरुद्धको कडा कानून ल्याएको बताए । बलात्कार, बलात्कारपछिका हत्याजस्ता कुरालाई नियन्त्रण गर्न कानून ल्याएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

    ‘छाउपडी होस्, बोक्सी होस्, यसविरुद्ध हामीले अभियान चलाएका छौं । एसिड आक्रमणविरुद्ध अध्यादेश, त्यो जरुरी कुरा बन्यो । समाजले त्यसमा सरकारको बढी ध्यानाकर्षण पनि गर्‍यो,’ उनले भने ।

    ओलीले २०७७ सालमा कोभिड महामारीबीच सरकारले उल्लेख्य काम गरेको बताए । असहज परिस्थितिमा दीर्घकालीन महत्त्वका काम भएको दाबी ओलीले गरेका छन् । ओलीले प्रतिकूलताबीच राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा सफल वर्ष रहेको बताएका छन् ।

    ‘०७७ साल कोभिडको महामारी भएपनि केही राजनीतिक अस्वस्थता देखापरेपनि निरर्थक वर्ष रहेन,’ उनले भने, ‘एउटा उपलब्धिको वर्ष नै रह्यो ।’

    ओलीले कोरोना महामारीको जोखिम अझै रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह समेत गरेका छन् । ओलीले कोरोना महामारीबाट बच्न स्वास्थ्य सतर्कताका मापदण्ड कडाइसाथ पालना गर्न सबैलाई आह्वान गरेका छन् । 

    ‘सरकार लकडाउनमा जान चाहँदैन । कतिपयले आजै लकडाउन हुन्छ, भोलि नै भन्ने हल्ला चलाएका थिए,’ ओलीले भने, ‘तर सरकार सकेसम्म लकडाउनमा जान चाहँदैन । तर हामीले हेक्का राख्नुपर्छ, युरोपका कतिपय विकसित भनिएका देश, जब महामारी ह्वात्तै फैलियो, त्यस्तो अवस्थामा लकडाउनमा गएका छन् ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend