शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

मुख्यमन्त्रीले राख्ने विश्वासको मतको विपक्षमा मतदान गर्ने कांग्रेससहित गठबन्धनको निर्णय

मुख्यमन्त्रीले राख्ने विश्वासको मतको विपक्षमा मतदान गर्ने कांग्रेससहित गठबन्धनको निर्णय

  • मिडिया डबली
  • आइतवार, कार्तिक १४ २०७८

  • 5.1K
    SHARES

  • मुख्यमन्त्रीले राख्ने विश्वासको मतको विपक्षमा मतदान गर्ने कांग्रेससहित गठबन्धनको निर्णय

    काठमाडौं – प्रदेश सभाको विपक्षी गठबन्धनले १ नम्बर प्रदेशको ५ दलीय विपक्षी गठबन्धनले मुख्यमन्त्री भीम आचार्यले पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

    आईतवार विराटनगरमा बसेको विपक्षी गठबन्धनको बैठकले मुख्यमन्त्री आचार्यले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

    गठबन्धनको बैठकले २ बुँदे निर्णय गर्दै विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने, गठबन्धनमा रहेका दलहरुको सम्बन्धलाई सुदृढ गर्दै संस्कार र सम्बन्धलाई निरन्तरता दिने निर्णय गरेको प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताए । कार्कीले भने, ‘भोलिको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय भएको छ ।’

    मुख्यमन्त्री आचार्यले कात्तिक ७ गते नै संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् तर विपक्षी गठबन्धन भित्रको ठूलो दल नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणलाई कारण देखाएर संसद बैठक स्थगित गराएको थियो ।

    प्रदेश सभामा कात्तिक १५ गते विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मत विभाजन गर्ने कार्यसूची रहेको छ ।

    प्रदेश सभाका हाल कायम ९२ जना सांसदमध्ये सत्तारुढ नेकपा एमालेसँग सभामुखसहित ४१ सांसद छन् । विपक्षी गठबन्धनसँग ५० सांसद छन् । सत्ता जोगाउन मुख्यमन्त्री आचार्यलाई ४७ सांसदको समर्थन आवश्यक पर्ने देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend