शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

नेपाली कांग्रेसका नेतामा पशुपतिनाथप्रति आकर्षण, सबैतिरबाट पाए प्रशंसा

नेपाली कांग्रेसका नेतामा पशुपतिनाथप्रति आकर्षण, सबैतिरबाट पाए प्रशंसा

  • मिडिया डबली
  • आइतवार, कार्तिक १४ २०७८

  • 3.4K
    SHARES

  • नेपाली कांग्रेसका नेतामा पशुपतिनाथप्रति आकर्षण, सबैतिरबाट पाए प्रशंसा

    काठमाडौं - कम्युनिस्टहरू आफूलाई धर्मनिरपेक्ष भन्छन् । तर उनीहरू नै मठमन्दिर जाने, पूजाआजा गर्ने गर्छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त सुनसरीको चतराधाममा गएर भैंसी पूजा नै गरे ।

    एमाले अध्यक्ष केपी ओली अहिले चितवनको माडीमा रामसीताको मन्दिर बनाउन लागिपरेका छन् । त्यसका लागि मूर्ति किनेर पठाइसकेका छन् । दशैंमा सर्वसाधारणलाई पाँच दिनसम्म टीका लगाइदिए । नेपालका कम्युनिस्ट पार्टीका नेताहरू जति ढोंग गर्न सीपालु अरु कोही छैन ।

    नेपाली कांग्रेस भने प्रचार प्रसार वा अरुलाई देखाउने हिसाबले केही गर्न चाहन्नन् । प्रचारका भोका छैनन् । उनीहरू आफ्नो आस्था र भावनालाई मान्दै आएका छन् ।

    हालै कांग्रेसका कार्यबाहक सभापति विमलेन्द्र निधि र कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाँणले पशुपतिनाथ मन्दिर परिसरमा पूजाआजा गरे । निधिले पशुपतिनाथ मन्दिरमा जारी रामनाम संकीर्तन तथा रुद्र महायज्ञ पूजा गरेका हुन्। गत सोमबार बिहान पशुपति मन्दिर परिसरमा पुगेर पञ्चामृत अभिषेक पूजा गरेका हुन्।

    यही काीत्तक ४ गतेदेखि पशुपतिनाथ मन्दिर प्रागंणमा सुरू भएको उक्त महायज्ञमा निीध श्रीमती र अरू अन्य साथीहरूको साथमा पुगेका थिए। निधिले लामो समय लाइनमा बसेर जनकपुरबाट आएका श्री श्री १०८ श्री स्वामी जगत नन्दन दासजी महाराज (पगला बाबा) समक्ष पूजा गरेका हुन्।

    कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा विदेश भ्रमणमा भएकाले निधि र खाँणले कार्यबाहक पाएका हुन् ।

    कार्यबाहक पाएलगत्तै निधि र खाँणले पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्नुलाई अर्थपूर्ण मानिएको छ । सर्वसाधारणकै लाइनमा सहभागी  भएर खाँणले पशुपतिनाथको दर्शन गरेका हुन्। यस क्रममा उनले पशुपतिनाथका पुजारीबाट अभिषेक ग्रहण गरेका थिए। यस्तै गृहमन्त्री खाँणले पशुपतिनाथ परिसरमा रहेका वासुकी, सत्यनारायणलगायतका मन्दिरको पनि दर्शन गरे।

    दर्शन गरी फर्कने क्रममा पशुपतिनाथ दर्शन गर्न लाइनमा बसेका सर्वसाधारणसँग भलाकुसारीसमेत गरी गृहमन्त्री खाँणले पशुपतिनाथमा करिब डेढ घन् बिताएका थिए। अहिलेसम्म कांग्रेसका शीर्ष नेताहरू खुलेर पशुपतिनाथ मन्दिरमा पूजाआजा गरेको बाहिर आएको थिएन ।

    सबै आ–आफ्नै ढंगले जाने आउने गरेका छन् । तर, कांग्रेसका कार्यबाहक सभापति निधि र कार्यबाहक प्रधानमन्त्री खाँण पूजाआजा गर्नु पुग्नुले सबैतिरबाट प्रशंसा पाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend