शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका ७ निर्णयहरू

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका ७ निर्णयहरू

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक १२ २०७८

  • 4.5K
    SHARES

  • यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका ७ निर्णयहरू

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा बिहीवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ७ निर्णय गरेको छ ।

    बैठकले संसद अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

    बैठकले आज शुक्रवार मध्यरातदेखि लागू हुने गरी अधिवेशन अन्त्यका लागि सिफारिस गरेको छ । गत भदौ २३ गतेदेखि सुरू भएको संसद् अधिवेशन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण प्रभावहीन भएको थियो ।

    बैठकले भारत, बेलायत र अमेरिकाका लागि राजदूतको नाम सिफारिस गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, संयुक्त अधिराज्य बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रा. श्रीधर खत्रीलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

    बैठकले हरित ऊर्जासम्बन्धी वक्तव्यमा सहमति जनाएर हस्ताक्षर गर्न सहमति दिने तथा सुनकोसी मरिङ डाइभर्सन आयोजनाको प्रथम चरणको निर्माण कार्यका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय समेत गरेको छ ।

    बैठकले दीर्घकालीन शून्य उत्सर्जन रणनीति राष्ट्रिय अनुकूलन योजना ९२०२१–२०५०० र जलवायु परिवर्तन र त्यसको असर प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरेको जनाइएको छ ।

    मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको टोलीलाई भारत भ्रमणका लागि स्वीकृति दिने तथा नेपाली सेनाको उपरथी सरोजप्रताप राणालाई रथिमा बढुवा गर्ने निर्णय समेत गरेको छ ।

    मन्त्रिपरिषद् बैठकले महालेखा परीक्षकको कार्यालयमा रिक्त उपमहालेखा परीक्षक राजपत्रांकित विशिष्ट श्रेणीमा महेश्वर काफ्ले र बामदेव अधिकारीलाई बढुवा गर्ने निर्णय समेत गरेको छ ।

    अविरल वर्षाका कारण धानबालीमा क्षति व्यहोरेका किसानलाई अधिकतम ६५ प्रतिशतसम्म राहत दिने निर्णय समेत बैठकले गरेको छ । तोकिएको क्षेत्रफलका आधारमा साना, मध्यम र ठूला किसान वर्गीकरण गरी २०–६५ प्रतिशतसम्म राहत दिने निर्णय गरिएको छ ।

    मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बढीमा १० कट्ठासम्म वा सो बराबरको जग्गामा लगाएको धानको पूर्ण क्षति व्योरेका किसानलाई क्षतिको अधिकतम ६५ प्रतिशतसम्म क्षतिपूर्ति दिने निर्णय गरिएको बताएका छन् ।

    मध्यम किसान (१० कट्ठादेखि ३ बिघा वा सो बराबरको जग्गा) मा क्षति व्यहोरेका किसानलाई ३० प्रतिशत र ३ बिघाभन्दा बढी वा आंशिक क्षति भएकाको हकमा अधिकतम २० प्रतिशत राहत दिने निर्णय गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend