काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनको कार्यतालिका परिवर्तन गर्दै नयाँ कार्यतालिका सार्वजनिक गरिएको छ ।
निर्वाचन समितिले सूचना जारी गर्दै नयाँ कार्यतालिका सार्वजनिक गरेको हो ।
निर्वाचन समितिको नयाँ कार्यतालिकाअनुसार वडा अधिवेशन गर्न बाँकी रहेका जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन गरिनेछ भने कात्तिक ३० गते पालिका अधिवेशन हुने भएका छन् ।
प्रदेशसभा क्षेत्रीय अधिवेशन मंसिर ३ गते र प्रतिनिधिसभा क्षेत्रको मंसिर ६ गते गर्ने नयाँ कार्यतालिकामा उल्लेख छ ।
पार्टीको जिल्ला अधिवेशन मंसिर १० गतेका लागि तोकिएको जनाइएको छ ।
प्रदेश अधिवेशन मंसिर १६ गतेदेखि १७ गतेसम्म र केन्द्रीय महाधिवेशन मंसिर २४ गतेदेखि २६ गतेसम्म हुने भएका निर्वाचन समितिले जनाएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।