काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसामु सिफारिस गरेको छ ।
आज बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले भोलि शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्यका लागि सिफारिस गरेको शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।
भदौ २३ सुरू भएको अधिवेशनमा नेकपा एमालेले निरन्तर नाराबाजी गरिरहेका कारण संसद प्रभावकारी हुन सकेको थिएन । नाराबाजी र विवादकै बीच सरकारले बजेट अध्यादेश प्रतिस्थापन विधेयक भने पारित गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।